आत्मविश्वास बढाएर काम गरौँ, अर्थतन्त्र चलायमान हुन्छ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १३:५०:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/mahat_JbowTh200d_bP5REEmcCt.png)
२९ भदौ, काठमाडौं । सरकार र निजी क्षेत्र मिलेर काम गर्न सके अर्थतन्त्र चलायमान बनेर चाने संयुक्त भनाइहरु यतिबेला आइरहेका छन् । सरकारले वेवास्ता गरेका कारण व्यवसाय चौपट भएको भन्ने व्यवसायीहरु पनि अब नेपाल अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गर्न थालेका छन् । व्यवसायीका सामान्य समास्याको सरकारबाट पनि सम्बोधन नभएको भन्ने गुनासहरु पनि कम सुनिन थालेको छन् ।
डेडिकेटेड तथा ट्रंक लाइनवापतको रकम उठाउने सन्र्दभमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर व्यवसायीले लाइन नकाट्न अनुरोध गर्दा पनि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले व्यवसायी भरखर तग्रिन लागेकाले विद्युत लाइन काट्ने कुराकेहि पर सारेमा तिर्न सजिलो हुने बताएका थिए । उनले अब सरकार र व्यवसायीले आत्मविश्वास बढाएर काम गर्न सके अर्थतन्त्रले गतिलिने र सरकारले व्यवसायीका सामानय समस्यामा पनि हेरिदिनुपर्ने बताएका थिए ।
त्यसपछि डेडिकेटेड तथा ट्रंकलाइनवापत उठ्नुपर्ने २० अर्ब रुपैयाँ बराबरको बक्यौताको म्याद १ महिना थएिको छ । प्राधिकरण र व्यवसायीबीच लामो समयदेखि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताका विषयमा विवाद चल्दै आएको छ । गत साता अध्यक्ष ढकालले व्यवसायीका तर्फबाट प्रधानमन्त्रीलाई भेटेर समय मागेपछि प्राधिकरणलाई तत्काल लाइन नकाट्न प्रधानमन्त्रीले पनि निर्देशन दिएका थिए ।
कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा थप हतोत्साही हुने अध्यक्ष ढकालको भनाइ थियो । उपभोगै नगरेको बिजुलीको पनि पैसा तिर्न प्राधिकरणले बिल पठाएको भन्दै व्यवसायीले यस्तो बिजुलीको भुक्तानी नगर्ने बताउँदै आएका छन् । यो २०७२ सालदेखिको विवाद हो ।
शुक्रबारको एक कार्यक्रममा पनि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताए । यसको अघिल्लो दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि आत्मविश्वास बढाएर काम गरे अर्थतन्त्रलाई चलायमान बनाउन सकिने अवस्था आएको बताएका थिए । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै महासँगका अध्यक्ष ढकालले अब अर्थतन्त्र चलायमान बन्ने दावी गरे ।
उनले अर्थतन्त्र यो भन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताए । अध्यक्ष ढकालले व्यवसायिक एक्टिभिटिज बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने बताए । उनले कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यवसायिक माहोल बिग्रँदै गएको अवस्था आएपनि अब भने अर्थतन्तत्र चलायमान हुने अवस्थामा अहाएको बताए ।
उनले भने, ‘अहिले कता–कता मान्छेहरूलाई पब्लिक कन्फिडेन्स नभइरहेको बेलामा अब आउने दिनमा उत्साहजनक हिसाबले बढ्छ भन्ने सन्देश गएको छ । व्यवसायिक एक्टिभिटिज जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ । अब आउने दिन राम्रो हुनेछ । यो भन्दा डिट्रोइट हुने अवस्था छैन । अब आउने दिन इकोनोमिक एक्टिभिटी बढ्नेछ । अर्थतन्त्रमा सुधारको नतिजा देखिन थालेका छन् ।’
यहि भाषा अर्थमन्त्री प्रकाशशरण महतले पनि बोलेका छन् । उनले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन थालेकाले अर्थतन्त्र चलायमानको बोटातर्फ उन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियामा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । ‘पेनफुल छ, स्लो छ, तर पोजेटिभ डिरेक्सनमा छ, उनले भने, कार्यान्वयनमा केही तगारो पनि छन्, त्यसकारण अपेक्षाअनुसार नतिजा देखिन समय लाग्छ ।’
आफूले इमानदारसाथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उनले सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी पूरा गर्दा विद्यमान समस्याबाट माथि उठ्न समय नलाग्नेमा जोड दिए । अहिले रेमिटेन्स बढेको भए पनि पुँजीबजार तथा घरजग्गामा समेत लगानी आउन नसक्नुको कारण लगानीकर्तामा रहेको हिचकिचावट रहेको उनले बताए । बाहिर जसरी प्रचार भइरहेको छ, त्यसले लगानीकर्तामा हिचकचाहट देखिन्छ, द्विविधा देखिन्छ, यसबाट लगानी आउन नसकेको उनको भनाइ छ ।
विगतमा लिएका लचिला नीतिहरूका कारण अधिक र अनुत्पादक क्षेत्रमा प्रवाह भएको कर्जा अहिले समस्यामा परेको भन्दै उनले यो अवस्था आउनुमा लिने मात्र दोषी नभएर दिने समेत हुने बताए । हिजो इजि मनी हुँदा जति पनि लगानी गरिए पनि त्यसको प्रतिफल नआउँदा लगानीकर्ताले नयाँ लगानी गर्न नसकेको भन्दै उनले जति माग्यो, त्यति पैसा दिँदै गर्दा त्यसको सही उपयोग भयो वा भएन भनेर विगतमा हेर्न नसक्नु नै कमजोर भएको उनले बताए । राजस्वमा देखिएका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी रहेको जानकारी दिँदै उनले बजेट व्यवस्थापनका लागि समेत कार्यविधिहरू बनिरहेको बताए ।
उनले अर्थतन्त्र चलायमान बनाउन आत्मविश्वास बढाउन जरुरी रहेको समेत बताए । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिहरूको ठूलो भूमिका रहने बताए । राष्ट्र बैंकले धेरै नै माइक्रो लेवलमा कस्न खोज्दा पनि लगानीकर्ता हच्किएको अवस्था हो, उनले भने, ‘अर्कोतर्फ बढी नेगेटिभ प्रचारले समेत आत्मविश्वास बढाउन नसकेको हो । निजी क्षेत्रको छलफलमा आफूले जहाँ समस्या छ, त्यसको सम्बोधनमा ध्यान दिऊँ तर नकारात्मक प्रचार नगरौं भनेर आग्रह गरेको समेत उनले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली सरकारका सात महिनाः आयव्यय दुवै कमजोर
फागुन २, २०८१ शुक्रबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
उच्चस्तरीय भेटघाटको समय तय नभएपछि कांग्रेस सभापति देउवाको भारत भ्रमण स्थगित
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआइजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
हात्तीवन क्षेत्रमा हिजो साँझबाट लागेको डढेलो नियन्त्रणको प्रयास गर्दै: फोटोफिचर
फागुन ८, २०८१ बिहिबार
नेपालमा पहिलो पटक विद्यालयस्तरीय ह्याकाथुन प्रतियोगिता सम्पन्न
फागुन ८, २०८१ बिहिबार
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार