तेइस वर्षपछि स्व. सिंहको प्रतिमा अनावरण हुने
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १४:१:१
२९ भदौ, काठमाडौं । अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गरेका थिए ।
प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उनको सालिक पनि निर्माण गरिएको छ ।
धलौटको यस सालिक १२ फिट अग्लो र तौल एक हजार दुई सय केजीको छ । सालिक निर्माण गर्न रु एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले राससलाई जानकारी दिए ।
वि.सं २०४६ को ऐतिहासिक जनआन्दोलनमा स्व सिंहले सर्वोच्च कमान्डरको भूमिका निर्वाह गर्नु भई नेपाली जनतालाई पुनः प्रजातन्त्र प्राप्तिमा पुर्याएको योगदानको कदरस्वरुप भक्तपुरमा उनको सालिक निर्माण गरिएको हो ।
वि.सं २०५४ मा स्व सिंहको निधनपछि तत्कालीन कटुञ्जे गाउँ विकास समितिका अध्यक्ष रामेश्वर ढुङ्गेलले बाटिका निर्माण गर्ने घोषणा गरेको थियो । ढुङ्गेल भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको थियो । प्रतिमाको अनावरण असोज २ गते स्व सिंहको स्मृति दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने निश्चित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
गणेशमान सिंह स्मृति बाटिकाका लागि सरकारबाट कूल एक सय ७४ रोपनी १५ आना जग्गा प्राप्त भएको छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाल सरकार, बागमती प्रदेश सरकार र सूर्यविनायक नगरपालिकाको सहकार्यमा तयार गरी सिंहको योगदानलाई चिरस्मरणीय बनाउन बाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका सहिदको जीवनीमा आधारित सामग्री सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर, निर्माण कार्य भइरहेको छ ।
गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले प्रजातान्त्रिक योद्धाको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने, प्रजातन्त्रबारे विज्ञ तथा अनुभवीबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशन गराएर भविष्यको पुस्तालाई प्रजातन्त्रप्रति जागरुक गर्ने थलोका रूपमा यस बाटिकाको विकास गर्ने लक्ष्य लिएको पनि समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार