व्यवसायिक सतुवा खेती किसानको रोजाइमा
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १४:६:४३
२९ भदौ, भोजपुर । व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरूको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।
सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ ।
त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको कृषकको भनाइ छ । अन्य बालीको खेतीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउने किसानको भनाइ छ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोल उपयुक्त मानिन्छ ।
सुतवा टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ तथा साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा लगायतमा कृषकले व्यावसायिक खेती गर्दै आएका छन् । यो सतुवा टुसाउने समय रहेको किसानको भनाइ छ ।
भदौ, असोजमा फुलेपछि यसको डाँठ मर्ने गर्दछ । जमिन रहेको गानो माघ, फागुन महिनामा पुनः पलाउने गर्दछ । किसानले यसको गानो खनेर सुकाएपछि बिक्री वितरण गर्दै आएका छन् । बिरुवा रोपेको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानहरूको भनाइ छ ।
सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने टेम्केमैयुङका कृषक एकराज विष्टले बताए । अघिल्ला वर्षको तुलनामा मूल्यमा गिरावट आए पनि किसानले भने खेती गर्न नछाडेको उनको भनाइ छ । आफूले लामो समय विदेशमा बिताएर आएर सतुवा खेतीमा लागेको उनको भनाइ छ । “हाम्रो क्षेत्रमा सतुवाको व्यावसायिक खेती भइरहेको छ”, उनले भने, “अन्य बालीको तुलनामा आम्दानी राम्रो छ, खान पनि सतुवालाई लाभदायक मानिन्छ ।”
विदेशमा भन्दा स्वदेशमा मेहनत गर्न सके यहीँ राम्रो आम्दानी लिन सकिने विष्टको भनाइ छ । अहिले आफूले सतुवासँगै व्यावसायिक रुपमा किवी खेतीसमेत गरिरहेको उनले बताए । यसको जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै डाँठ दिने गर्दछ ।
सतुवाको बिरुवा प्रतिगोटा रु २० देखि एक सय ५० सम्म, सतुवाको बीउ प्रतिकिलो रु एक लाख र गानो प्रतिकिलो रु १० हजार देखि १२ हजारमा बिक्री हुने गरेको कृषक मानबहादुर राईले जानकारी दिए । “सतुवाको बीउ तथा बिरुवाको माग धेरै छ”, उनले भने, “सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाबाट समेत बिरुवाको माग हुन्छ, विगतका वर्षहरुमा सुतवा प्रतिकिलो रु २० देखि २२ हजारसम्ममा बिक्री भयो ।” सतुवा विशेष गरेर भारत र चीन निर्यात हुने व्यवसायी बताउँछन् । षडानन्द नगरपालिका–१३ भिरथाप्लाका स्थानीय कृषक पेमदोर्जी शेर्पाले पनि सतुवाको व्यावसायिक रुपमा नै खेती गर्दै आएको बताए । सतुवा खेतीबाट राम्रो आम्दानी लिने गरेको शेर्पाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार