कान्ति बाल अस्पताल बालिका मृत्यु प्रकरण : दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १४:९:९
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, कान्ति बाल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकी रेजिशा गोपालीको मृत्यु प्रकरणमा अस्पतालको व्यवस्थापकीय कमजोरी देखिएको बताएका छन् । शुक्रबार संसदमा आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे, जानकारी गराउन उपस्थित भएका प्रधानमन्त्री दाहालले, बालिकाको उपचारको क्रममा ज्यान जानुमा व्यवस्थापकीय कमजोरी देखिएको बताएका हुन् ।
कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भई काठमाडौं बाफल बस्ने ५ वर्षिय बालिका रेजिशा गोपालीको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु हुनु दुखद भएको उनले बताए।
अस्पतालबाट ५ दिनको समय दिएर तीन सदस्य छानबिन समिति गठन गरिएको र सो समितिले आफ्नो प्रतिवेदन बुझाएको जानकारी दिएका उनले भने ‘प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्ति कै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रस्तुत हुनुपर्ने थियो ।
त्यो गर्न नसकिएको तितो यथार्थ उल्लेख गर्दै अस्पतालले विगतदेखि महसुस गरेका तर तत्काल सुधारका बाटो कार्यान्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेश गरेको छ ।’ उनले दोषिमाथि कारबाहीका लागि सरकार गम्भीर रहेको बताए ।
‘सरकारका तर्फबाट यस्ता घटनामा दोषि पाइएकाहरुलाई कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास समेत दिलाउँन चहान्छु । ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
कात्तिक २७, २०८१ मंगलबार
मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ
कात्तिक २७, २०८१ मंगलबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरको दैनिक उडान
कात्तिक २७, २०८१ मंगलबार
‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिन रवि लामिछानेलाई आज रुपन्देही लगिँदै
कात्तिक २७, २०८१ मंगलबार
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
कात्तिक २७, २०८१ मंगलबार