व्याजदर घटेर आउने अर्थमन्त्रीको अपेक्षा, बढाउने तयारीमा बैंकहरु
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १५:४१:२८
२९ भदौ, काठमाडौं । बैंकहरुले आइतबार असोज महिनाको व्याजदर सार्वजनिक गर्दैछन् । भदौ महिनाको भन्दा असोजमा व्याजदर बढाएर ल्याउने बैंकहरुको तयारी छ । व्यादरको असर प्रत्यक्ष निजी क्षेत्रका व्यवसायमा पर्ने भएकाले व्यवसायीहरु पनि ब्याजदर घटेर आओस भन्ने पक्षमा छ । अर्थमन्त्री प्रकाशशरण महले पनि केहिदिन यता बैंकहरुले ब्याजदर घटाउनुपर्ने बताइरहेका छन् ।
अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर घटाउन प्रेरित गर्नुपर्ने भनाइ राख्दै आएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगै भएको मञ्चमा ब्यादर घटाउने पहल भए अर्थतन्त्र चलायमान हुने सहज हुने भएकाले यसमा जोड दिनुपर्ने भन्ने गरेका छन् । अन्य क्षेत्रले समस्या भोगिरहेको समयमा पनि बैंकहरूले नाफा कमाइरहेका छन् । आर्थिक मन्दीले समस्यामा परेका उद्योग व्यवसायलाई सहयोग गरेर बैंक तथा वित्तीय संस्था अगाडि बढ्न आवश्यक छ । यसका लागि राष्ट्र बैंक अधिकत लचिलो हुन जरुरी छ , उनको भनाइ छ ।
अर्थमन्त्री महत भने आफू अर्थमन्त्री नियुक्त भएदेखि नै निरन्तररुपमा ब्याजदर घटाउनका लागि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई अर्थ मन्त्रालय बोलाएर ब्याजदर घटाउन दवाव दिएका थिए । अर्थमन्त्रीकै चाहानाअनुसार राष्ट्र बैंकले सर्कुलरमार्फत आधारदर गणनाको विधि र मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएर ब्याजदर घटाउन मद्दत गरेको थियो । उनी अझै ब्याजदर घटाइनुपर्ने पक्षमा छन् ।
यता, बैंकरहरुको भनाइमा असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने नीति बनाएका छन् । भदौमा केही बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याज दिएका थिए । बैंकरुले आइतबारसम्ममा असोज महिनामा लागू हुने ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ । केही बैंकले बढाउने तयारी गरिरहेका छन् भने केही बैंकले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका छन् ।
बढाउँदा अधिकतम कति बढाउन सक्छन् ? भन्ने खुलाएका छैनन् । राष्ट्र बैंकले ब्याजदर निर्धारसम्बन्धी जारी गरेको परिपत्रका आधारमा हुनेछ । नेपाल बैंकर्स संघले बैंकहरुलाई असोजको मुद्दतिको ब्याजदरमा कट अफ रेट ११.०५ दिएको छ भने बचतमा ६.०५ प्रतिशत दिएको छ ।
संघका अनुसार भदौमा वाणिज्य बैंकहरुको मुद्दतिमा औषत ब्याजदर १०.३२६ प्रतिशत र बचतमा ५.५० प्रतिशत ब्याजदर कायम भएको छ । राष्ट्र बैंकको परिपत्रअनुसार अघिल्लो महिनाको औषत ब्याजदरमा अधिकतम १० प्रतिशत तलमाथि गरेर नयाँ ब्याजदर निर्धारण गर्न पाउने ब्यवस्था छ । यसो गर्दा बचत र मुद्दतिबीचको ब्याजदर ५ प्रतिशतभन्दा माथि हुनु हुँदैन ।
जसअनुसार बैंकहरुले बचतमा अहिलेको औषतमा १० प्रतिशत बढाउँदा ६.०५ प्रतिशत हुन आउँछ । र, त्यसमा अधिकतम ५ प्रतिशत जोडेर ११.०५ प्रतिशत मुद्दतिमा दिन पाउँछन् । ब्याजदर बढी भएको कारण देखाउँदै निजी क्षेत्र पनि कर्जा लिन चाहिरहेका छैन् । कर्जा प्रवाह नहँदा अहिले बैंकहरुका ४ खर्ब हाराहारी रकम थुप्रिएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुमा करिब ६३ अर्ब रुपैयाँ निक्षेप पनि थपिएको छ ।
स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा कार्यान्वयनपछि सोमबार एकै दिन वित्तीय प्रणालीमा ६३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय राष्ट्र बैंकले सोमबार देखि कार्यान्वयमा ल्याएको छ । सबै वाणिज्य बैंकहरुलाई पत्राचार गरेर राष्ट्र बैंकले उक्त निर्णय कार्यान्वयन भएको जानकारी दिएको छ ।
उच्च ब्याजदर, लगानीका नयाँ आयामको अभाव, खस्किएको निजी क्षेत्रको मनोबललगायत कारण बजारमा कर्जा माग घटिरहेका बेला अर्थमन्त्री महतले वित्तीय प्रणालीमा रकम थप गर्न प्रायास गरेका थिए । अर्थमन्त्री महतले स्थानीय तहको खातामा रहेको रकममध्ये ६० प्रतिशत वाणिज्य बैंकलाई निक्षेपमा गणना गर्न दिने निर्णय गरेका थिए । उक्त निर्णयको पत्र अर्थ मन्त्रालयले गत आइतबार मात्र नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।
बैंकहरूले गत असार मसान्तसम्म स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्दै आएका थिए । अर्थ मन्त्रालयले निर्णय नगरेकै कारण साउन १ देखि भने उक्त सुविधा खोसिएको थियो । अहिले सीमा घटाएर त्यही पुरानो सुविधालाई निरन्तरता दिइएको हो । यस पटकको निर्णयमा उक्त सुविधाको अवधि नतोकेर अर्को निर्णय नभएसम्मका लागि र ६० प्रतिशतको सीमा क्रमशः घटाउँदै जाने उल्लेख रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
पत्रमा यो सुविधाबापत बैंकहरूलाई प्राप्त रकमबाट अनुत्पादक क्षेत्र, व्यापार, आयात प्रोत्साहन हुनेलगायत क्षेत्रमा कर्जा दिन नपाइने र उत्पादनमूलक क्षेत्रमा मात्र प्रवाह गर्नुपर्ने उल्लेख छ । यस्तै, प्राप्त रकमका आधारमा बैंकहरूले प्रवाह गर्ने कर्जाको सदुपयोगिताबारे अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको र समितिको सुझावका आधारमा यो सुविधालाई निन्तरता दिन हुनेरनहुनेबारे निर्णय हुने पनि बताइएको छ । समितिको सुझावका आधारमा कहिलेसम्म निरन्तरता दिन हुने भन्ने टुंगो लाग्ने भन्ने अर्थ मन्त्रालयले भनेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार