कुटपिटको घटना सेलाउन नपाउँदै मोरङको सुन्दरहरैँचामा चिकित्सकमाथि दुर्व्यवहार
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १६:५:५५
२९ भदौ, विराटनगर । हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एक जना चिकित्सकमाथि दुर्व्यवहार एवं हातपात छ ।
मोरङको सुन्दरहरैँचामा चिकित्सकमाथि हातपात भएको हो । सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात भएको मेडिकल सुपरिटेन्डेन्ट डा. विपिन यादवले बताए ।
डा। पोखरेलमाथि बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात गरेका हुन् । शुक्रराजले ज्वरो आएको भन्दै बुवा तारिणीप्रसाद माझीलाई उपचारका लागि बिहीबार अस्पताल पुर्याएका थिए ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी सेवा बन्द थियो ।
तारिणीलाई दिउँसो १२ः३० बजेतिर आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उपचारमा खटिएका डा. पोखरेलले जाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी गराएका थिए ।
त्यसपछि उनीमाथि बिरामीका छोरा शुक्रराजले गाली गदै हातपात गरेको मेसु यादवले बताए । त्यस क्रममा अरु बिरामीका कुरुवा र अस्पतालका सुरक्षा गार्डले रोकेका थिए ।
डा. यादवका अनुसार ज्वरो आएर उपचारका लागि ल्याएको भनिएका तारिणीको अवस्था सामान्य थियो । उपचारमा संलग्न ड्युटीका चिकित्सकमाथि हातपात गरिनु निन्दनीय भएको उनको भनाइ छ । डा. पोखरेलले आफूमाथि हातपात भएको बताए ।
शुक्रराजलाई इलाका प्रहरी कार्यालय हरैंचाले पक्राउ गरेको छ । डा. पोखरेलले किटानी जाहेरी दिएपछि शुक्रराजलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
यसैबीच, हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै विराटनगरको कोसी अस्पतालमा शुक्रबार केहीबेर ओपीडी सेवा अवरुद्ध बनाइएको छ । चिकित्सकले करिब २ घण्टा समयसम्म सेवा अवरुद्ध बनाएका हुन् ।
बिहानैदेखि टिकट काटेर उपचारका लागि लाइनमा बसेका अधिकांश बिरामी घर फर्किएका थिए । अस्पताल प्रशासनको आग्रहमा चिकित्सकले सेवा सञ्चालन गरेपनि घर नफर्किएका केहीले मात्रै स्वास्थ्य परीक्षण र उपचार गराउन पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार