नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १६:१२:७
२९ भदौ, काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोड (QR Code) सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरि मिति २०८० भाद्र २९ गते देखि सुरुवात गरेका हुन् । उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरुले QR मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिने जनाइएकाे छ ।
यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल "Smart Bank" को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढि रहेको बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार