सीआईबीको काम सकियो, अब कसरी बन्छ उच्चस्तरीय जाँचबुझ आयोग ?
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १७:४४:१३
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको प्रतिनिधिसभा बैठकमा तस्करी सुनबारे जाँचबुझ आयोग बनाउने कुरा दोहोर्याएका छन् । भदौ ६ गते एमालेले गरेको लामो संसद अवरोध हटाउन सत्ता पक्षका दलहरूले ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको प्रकरणको छानविन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति गरेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भदौंं भरिमा अनुसन्धान सक्ने र असोज ५ गतेभित्र अयोग बनाउने भनेपछि एमाले संसद अवरोध हटाउन सहमत भएको थियो । अहिले सीआइबीले यो प्रकरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्दैछ ।
सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना प्रहरीको नियन्त्रणमा छन् । १८ जना फरार छन भने पक्राउ परेका ३२ जना मध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबी आफैले सिफारिस गरेको छ । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ । अब पूर्व सहमतिअनुसार सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अगाडि बढाउनुपर्छ । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्व सहमति अनुसार छानबिन आयोग गठन प्रक्रिया अघि बढेको जानकारी गराएका थिए ।
आयोग कसरी गठन हुन्छ र त्यसको जिम्मा कसलाई दिइन्छ भन्ने अझै अन्योल छ । सीआईबीले सकेको अनुसन्धानमा आयोगले कसरी फेरी छानविन गर्छ भन्ने कुरा पनि प्रष्ट भएका छैन । अवैध सुन तस्करीको सम्बन्धमा दलका नेताहरूको संलग्नता भएको भन्दै त्यसबारे छानविन गर्न आयोग नै बनाउनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग हो । संसद नै नखुल्ने अवस्था आएपछि आयोग वा समिति बनाउन न मानिरहेको सत्ता पक्ष पनि तयार भएको थियो ।
सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया कसरी अगाडि बढाइन्छ भन्ने चासो सबैमा बढेको छ । भदौ ६ गते संसदमा रहेका सात दलबीच सुन तस्करी छानबिनबारे दुई बुँदे सहमति भएको थियो । जहाँ सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने भनिएको छ ।
साउन ३ गते सिनामंगलबाट बरामद भएको साढे ६० किलो सुन तस्करीबारे सीआईबीले अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनबारे थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो । सीआईबीले अध्ययन सकाएसँगै उच्चस्तरीय छानबिनको प्रक्रिया अगाडि अगाडि बढेको भनिएको छ ।
उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाइएको थियो । त्यो कार्यदलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुन प्रकरणको छानबिनका लागि आगामी असोज ५ गते जाँचबुझ आयोग गठन हुने गरी मस्यौदा बनाएको थियो ।
भदौ ६ गते सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकले तत्कालका लागि यो प्रकरणको अनुसन्धान सीआईबीलाई नै दिने र असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सहमति गरेका थिए । दलहरूबीच पटक पटकको सुन तस्करीका सम्बन्धमा भएका छानविन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिम असोज ५ गते सरकारले आयोग गठन गरि त्यसै दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको हो ।
आयोगले विदेशबाट विद्युतिय सिगरेटमा सुन राखी तस्करी गरिएको, साउन २ ब्रेक सुमा राखि तस्करी गरिएको सुन लगाएतको विषयलाई गम्भीरतापूर्वक दिई स्वतन्त्र र निष्पक्ष छानविन गर्ने दलहरूबीच सहमति भएको छ । त्यस्तै साउन २ गतेको सुन तस्करी प्रकरणमा प्रहरीको सीआइबीले निष्पक्ष अनुसन्धान, छानविन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्ने सहमति भएको थियो । आयोगको कार्यविधि सरकारले नै बनाउने भन्ने छ । तर, यसको खाका बाहिर आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार