उच्च अदालतका न्यायाधीशमा २७ जनाको नाम सिफारिस, ६० जना न्यायाधीशको सरुवा
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १६:५२:३४
२९ भदौ, काठमाडौं । न्यायपरिषदले उच्च अदालतका न्यायाधीशको लागि २७ जनाको नाम सिफारिस गरेको छ । आज बसेको न्यायपरिषदको बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस गरेको परिषदको सचिवालयले जनाएको छ ।
यस्तै न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा पनि गरेको छ । शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाँकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो । न्यायाधीशको लामो समयदेखि सरुवा हुन सकेको थिएन ।
न्यायपरिषदको बैठकबाट न्यायाधीशमा सिफारिस हुनेहरूमा श्यामकुमार भट्टराई, राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल, नारायणप्रसाद रेग्मी, सुशील कोइराला, अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् ।
न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार न्यायपरिषद्ले सिफारिस गरेका उनीहरू प्रधानन्यायाधीशले नियुक्त गरेपछि न्यायाधीश हुनेछन् ।
हेर्नुहोस सिफारिसमा परेकाहरुको सूची
हेर्नुहोस नयाँ नियुक्तीका लागि सिफिरसमा परेका र सरुवा भएका न्यायाधीशहरुको सूची :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार