एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १८:२५:४८
२९ भदौ, काठमाडौं । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ 'क्यान'ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन् । त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन् ।
त्यसैगरी ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहरा र सन्दीप लामिछाने पनि टोलीमा अटाएका छन् । एसियाली खेलकुदअन्तर्गत क्रिकेट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र मङ्गोलिया रहेका छन् । यसपटकको एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।
नेपालबाट कूल दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाली खेलकुद प्रतियोगिता आगामी असोज २१ गतेसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार