वीरगञ्जमा डेङ्गी नियन्त्रण अभियान : बाहिरबाट आएका ८२ वटा बसमा गरियो स्प्रे
आबिद हुसेन
भदौ ३०, २०८० शनिबार १३:३९:२२
३० भदौ, वीरगञ्ज । पछिल्लो समय बढ्दै गएको डेङ्गीको संक्रमण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले डेङ्गीको संक्रमण सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियानलाई तीब्रता दिएको छ । यसै क्रममा महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रणका लाागि विभिन्न स्थानमा स्प्रे गर्ने अभियानपनि चलाइरहेको छ । बाहिरबाट वीरगन्जमा आउने यात्रु वाहक बसमा समेत महानगरपालिकाले स्प्रे गर्न थालेको छ ।
महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवका अनुसार , शनिबार बिहान मात्रै बाहिरबाट वीरगञ्ज आएका ८२ वटा बसमा स्प्रे गरिएको छ । महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाइ शाखाका र नगर प्रहरीको टोली स्प्रेका लागि परिचालन गरिएको महानगरको सरसफाइ शाखाका प्रमुख सर्फुदिन मियाँले बताए ।
यसका साथै वीरगन्जको बाइपास सडकस्थित बोलबम पेट्रोल पम्पदेखि नृसिंह माविसम्म रहेका टायर पसलमा राखिएका टायरभित्र जमेको पानीमा रहेका लामखुट्टेको लार्भा नष्ट पनि गरिएको मियाँले जानकारी दिए ।
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा भदौ २६ गतेदेखि सुरू भएको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान अन्तर्गत शनिबार बिहानसम्म ५ सय ६३ वटा टायरको लार्भा नष्ट गरिएको मियाँले बताए ।
मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि कीटनाशक औषधी स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए । शनिबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा पनि स्प्रे गरिएको उनले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपचिकित्सा शिक्षा आयोगले मधेसलाई दियो एमबीबीएस अध्ययनका लागि ५० सीट
भदौ २२, २०८१ शनिबार
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
भदौ २२, २०८१ शनिबार
उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा
भदौ १९, २०८१ बुधबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
भदौ २३, २०८१ आइतबार
सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
भदौ २३, २०८१ आइतबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
भदौ २३, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
हंगेरीमाथि जर्मनीको शानदार जित
भदौ २३, २०८१ आइतबार
अर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार