रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
नेपालबहस संवाददाता
भदौ ३०, २०८० शनिबार १४:६:३०
३० भदौ, बारा । कारागार कार्यालय गौर रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन् ।
सन् १९९० मा गौर नगरपालिका–८ मा निर्माण गरिएको उक्त कारागार जीर्ण हुँदा पनि जोखिम मोलेर कैदीबन्दी राखिएका छन् । अधिकतम दुई सय र न्यूनतम् एक सय ६० क्षमता भएको उक्त कारागारमा अहिले महिला, पुरुष र बालबालिका गरी तीन सय ८१ कैदीबनदी रहेका कारागार प्रमुख मणिभूषण शाहले जानकारी दिए ।
उनका अनुसार एक सय ८९ पुरुष, १४ महिला कैदीबन्दी रहेका छन् भने थुनुवामा एक सय ७१ पुरुष, चार महिला, दुई बालबालिका गरी जम्मा तीन सय ८१ कैदीबन्दी रहेका छन् । कारागारको छत माथि जस्तापाताले छाएको टहरा निर्माण गरी ७६ कैदीबन्दीलाई राखिएको प्रमुख शाहले जानकारी दिए । उनका अनुसार कारागारमा किचन, बरन्डा, भ¥याङमा समेत कैदीबन्दीलाई राखिएको छ ।
शौचालय जानदेखि नुहाउन समेत कठिन हुने गरेको भेटघाटका क्रममा रहेका कर्तव्य ज्यान मुद्दाका कैदी महताव आलमले गुनासो गरे । “कर्तव्य ज्यान मुद्दाका एक महिला जो सात महिनाको गर्भवती हुन । उनलाई झनै कठिनाइको सामना गर्नुपरेको छ”, कर्तव्य ज्यान मुद्दाका कैदी विष्णु रायले भने । ठाउँको अभावका कारण राति सुत्न निकै समस्या हुने गरेको उनीहरूको गुनासो छ ।
दिनमा जसोतसो समय कटिन्छ तर रातमा समय काट्न निकै अप्ठ्यारोको सामना गर्नुपर्ने चौकीदार मनोज कुमार बैठाले सुनाए । जुनसुकै बेला जीर्ण भवन भत्किने सम्भावना रहेकाले त्रासमा रात बिताउने गरेको उनको भनाइ थियो ।
“भवन निकै पुरानो भएकाले बर्खायाममा चुहिने, गर्मीयाममा गर्मीले बसी नसक्नु जस्ता समस्याका गुनासो पटकपटक कैदीबन्दीले मलाई भन्ने गरेका छन्”, कारागार प्रमुख शाहले भने, “हामीले मातहतका माथिल्लो निकायमा उनीहरूको पीडाका बारेमा जानकारी गराएका छौँ ।”
कारागारको चारैतिरको पर्खाल जीर्ण भएको, ठाउँठाउँमा चर्कोको, बाङ्गो भएकाले भवन भत्कने सम्भावना उत्तिकै रहेको भन्दै तत्कल पर्खालको मर्मत सम्भार गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।
दश कट्ठा १० धुरमा निर्माण भएको कारागारको जग्गा पुर्जा रहे पनि दक्षिणतिर दुईदेखि तीनकट्ठा व्यक्तिले अतिक्रमण गरेको बताउँदै जेलेर शाहले सुरक्षाको दृष्टिकोणले पनि गौर कारागार संवेदशील रहेको बताए । पर्खाल ठूलो नहुनुले पनि जोखिमको सामना गर्नुपर्ने उनको भनाइ थियो ।
“भेटघाट कक्ष र फोन गर्ने ठाउँ साँघुरो छ । ढल निकासाको उचित व्यवस्था नहुँदा समस्या भइरहेको छ । ढलको निकास, भेटघाट र फोन गर्ने ठाउँलाई फराकिलो पार्ने कामका लागि प्रयासरत रहे पनि बजेट अभावका कारण गर्न सकिएको छैन”, जेलर शाहले भने । सडकको सतह र जेलको कम्पाउन्डको उचाइ उस्तै उस्तै भएकाले कहिलेकाँही कैदीले हाम फालेर भाग्ने कोसिस समेत गर्ने गरेका उनले बताए ।
बाँकेमा कारागार निर्माण भइसकेको, नुवाकोटमा निमार्णाधीन अवस्थामा रहेकाले ती कारागार निर्माण सम्पन्न भएपछि क्षमताभन्दा बढी कैदी रहेका ठाउँका कैदीलाई सारिने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । कतिपय ठाउँमा पुरानै भवनमा कैदी बसीरहेका भए पनि त्यसलाई पुनःनिर्माण गर्ने कामको थालिएको उनले बताए । “आफूलाई सहज हुने ठाउँ कैदीले रोज्ने, बाहिर जान नमान्ने लगायत कारणले पनि गौर कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको हो”, प्रवक्ता शर्माले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत’
असोज ३, २०८१ बिहिबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूत श्रीवास्तवद्वारा कला प्रदर्शनी अवलोकन
असोज ७, २०८१ सोमबार
गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत
असोज ७, २०८१ सोमबार
सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
असोज ७, २०८१ सोमबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार