कक्षा १२ पछि विदेशिनु भोलिको लागि गम्भीर संकट: मेयर प्रजापति
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार ७:४२:३६
३१ भदौ, भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कक्षा १२ पास गरेपछि नै विदेश जाने अहिलेको विद्यार्थीको प्रबृतिले भविष्यमा गम्भीर संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासीमा शनिबार भएको एकदिने आठौ विद्यार्थी गुणीय चक्रको उदघाटन गर्दै ज्ञानको पवित्र मन्दिरको रुपमा रहेको विद्यालयलाई बन्द, हड्ताल र तालाबन्दीलगायतका अवाञ्छित गतिविधिबाट टाढा नै राख्न जरुरी रहेकोसमेत उनले बताए ।
प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्रको रुपमा अगाडि बढिरहेको भक्तपुरलाई शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यले भक्तपुर नपाले काम गर्दै आइरहेको बताएका छन । विद्यार्थीले परीक्षामा उच्च अंक प्राप्त गर्दैमा त्यो विद्यार्थीले समाजको लागि काम गर्छ भन्ने कुरा सत्य नहुन सक्छ भन्दै उनले विद्यार्थीमा नैतिक शिक्षाको धेरै खाँचो रहेको बताए ।
समाजलाई योगदान गर्न सक्ने जनशक्तिको खाँचो अहिले आवश्यकताबोध भएको बताउँदै उनले उच्च शिक्षा, रोजगारीको लागि विदेशिने सोचबाट विद्यार्थीलाई टाढा राख्नुपर्ने धारणा व्यक्त गरे । संघीयताको असल कार्यान्वयन भक्तपुरले गरिरहेको बताउँदै भक्तपुर नपाले समाजवादउन्मुख काम गर्दै आइरहेको र स्थानीय तहलाई नै अधिकारसम्पन्न गर्नुपर्ने धारणा उनले सोही अवसरमा व्यक्त गरेका छन् ।विद्यार्थी र शिक्षकहरुले पनि देशको राजनीतिप्रति चासो राख्नुपर्ने बताउँदै बौद्धिक र प्रबुद्ध व्यक्तिहरुले आफ्नो व्यक्तिगत मात्र नभई सिंगो देशको भविष्यको चिन्ता गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
कार्यक्रममा एभरेस्ट इंगलिस स्कुलका प्रअ भक्त राजभण्डारीले एस।क्यु।सीको अवधारणाले विद्यार्थीहरुमा आत्मविश्वास जागउनुका साथै आफ्ना समस्या पहिचान गरी आफै समाधान गर्ने क्षमता अभिवृद्धि गरेको बताए । उनले स्कुलले देशभक्त अनुशासित विद्यार्थी उत्पादन गर्नेमा विशेष जोड दिँदै आएको बताउँदै एभरेष्टमा एस।क्यु।सीको गठनले धेरै उपलब्धीहरु प्राप्त भएको बताए ।
सम्मेलनमा १८ वटा विद्यालयका ३३ समूह गरी दुई सय ४५ जना विद्यार्थीहरु सहभागी भएको जनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, मास्टर टे«नर्स, शिक्षक प्रतिनिधिहरुसहित करिव पाँंच सय जनाको जमघट भएको स्कुलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरमा २०८० को जग्गाको मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लिइने
असोज २९, २०८१ मंगलबार
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार