गत साता नेप्सेमा देखियो सकारात्मक माहोल
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार ११:३२:२७
३१ भदौ, काठमाडौं । शेयरबजारमा गतसाता सुधार देखिएको छ । विगत केही साताको कारोबारमा समग्रमा गिरावट भोगेको नेप्से सूचकले गत साता भने सुधार हुँदै पुनः २००० को मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनि भएयता निरन्तरजसो घट्दै आएको शेयर बजारले यस साता केही सम्हालिने संकेत देखाएको छ ।
विशेषगरी अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएपछि तरलता सहज हुने र ब्याजदर पनि केही घट्न सक्ने लगानीकर्ता अनुमान गरेका छन् । यस सुविधाबाट बैंकहरुमा झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने अनुमान गरिएको छ ।
अर्कोतर्फ, शेयरबजारमा लाभांशको सिजन पनि सुरु भएको छ । हालसम्म ४ वटा सूचीकृत बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभाश घोषणा गरिसकेका छन् । यी कारणहरुले सेयर बजारमा विस्तारै सकारात्मक माहोल ल्याउन सक्ने लगानीकर्ताले आशा गरेका छन् । यता, निरन्तरजसो बजार घट्दा सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भइसकेको छ ।
सस्तो बजारमा खरिदकर्ताहरु उत्साहित हुनसक्ने र बजार चलायमान बन्न सक्ने अनुमान गरिएको छ । अहिले सेयर खरिद गर्नेहरुका लागि छोटो समयमै लाभांश हात पर्ने मौका रहेको छ । यी कारणहरुले गर्दा बजार केही सम्हालिनसक्ने लगानीकर्ताहरुले आशा गरेका छन् । विगतका वर्षहरुलाई हेर्ने हो भने पनि लाभांशको सिजनामा सेयर बजार केही सुधार भएको देखिन्छ ।
नेप्से सूचक यस साता ३.८६ प्रतिशतले बढेर २००७.०६ विन्दुमा बन्द भएको छ । अघिल्लो साता भने नेप्से सूचक १९३२.४५ विन्दुमा बन्द भएको थियो । बुधबार १ अर्ब ४९ करोड रूपैयाँ बढीको शेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३० खर्ब रूपैयाँ भन्दा बढी कायम भएको छ ।
सोमबार साताकै उच्च १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो भने आइतबार साताकै न्यून १ अर्ब ७ करोड रूपैयाँ बढीको कारोबार भएको थियो । यस साता औसतमा दैनिक १ अर्ब ३० करोड रूपैयाँको शेयर कारोबार भएको छ ।
यस साता सूचीकृत सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ६।६५प्रतिशतले बढेको छ । त्यसपछि, फाइनान्स समूह ५.९७ प्रतिशत र होटल तथा पर्यटन समूह ५.६४ प्रतिशतले बढेको छ ।
गत साता शुभम् पावर सबैभन्दा धेरै २९.६७ प्रतिशतले बढेको छ । त्यसपछि, मेन्छेयाम हाइड्रोपावर २९.६४ प्रतिशत र वरुण हाइड्रोपावरको भाउ १८.७४ प्रतिशतले बढेको छ ।
हिमाल दोलखा हाइड्रोपावरको भाउमा साताकै उच्च ४.१४ प्रतिशत गिरावट आएको छ । त्यसपछि, सपोर्ट लघुवित्तको भाउ ३.८७ प्रतिशत घटेको छ ।
यस साता कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा आएको छ । यसको २१ करोड ९ लाख रूपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यसपछि, एभरेष्ट बैंकको १९ कारोड ७७ लाख रूपैयाँ र सोल्टी होटल्सको १८ करोड ४१ लाख रूपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार