प्रशान्त शर्माको 'ईरा' विमोचन
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १२:४६:५५
३१ भदौ, काठमाडौं । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास 'ईरा' विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो ।
विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामुहिक रूपमा पुस्तक विमोचन गरेका छन्।
कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले, 'लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताए ।' समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेखेका कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उनले बताए ।
त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले, 'शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए ।' उनले, पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने बताए ।
अभिनेत्री लक्ष्मी बर्देवाले, 'लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा जुन हिसाबले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताए ।' उनले युवापुस्ताका लेखकमा जुन हिसाबको जोश जाँगर देखिएको छ त्यसले भोलिका दिनमा समाजमा सकारात्मक प्रभाव पर्ने समेत बताए ।
कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफूले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए।
उक्त पुस्तकको पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन्, भने, पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले ल्याएको हो । कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मुल्य ४५० रहेको छ । शर्माको पहिलो उपन्यास 'रूखहरूको मृत्यु' बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ । कार्यक्रम सञ्चालन गजलकार रसिक राजले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण
साउन २१, २०८१ सोमबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
राजसंस्था र हिन्दू अधिराज्य पूर्नस्थापना गर्ने आन्दोलनको तयारीमा जुट्दै राप्रपा
भदौ २५, २०८१ मंगलबार
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली
भदौ २६, २०८१ बुधबार
पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक : प्रवक्ता महत
भदौ २६, २०८१ बुधबार
बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
भदौ २६, २०८१ बुधबार
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
भदौ २६, २०८१ बुधबार
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
भदौ २६, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका ह्यारिस र ट्रम्पबीच रोचक बहस
भदौ २६, २०८१ बुधबार