लाखे नाच संरक्षणमा नेवार समुदाय
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १३:२७:३४
३१ भदौ, तनहुँ । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि तनहुँका नेवार समुदाय लाखे नाच संरक्षणमा जुटेका छन् । अहिलेका पुस्ताले लाखे नाचलाई कम प्राथमिकता दिएकाले यहाँका नेवार समुदाय यसको संरक्षणमा जुटेका हुन् ।
संस्कार र संस्कृति बचाउने उद्देश्यसहित लाखे नाचको संरक्षणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा राष्ट्रियस्तरको लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा शनिबार राति सम्पन्न प्रतियोगितामा भक्तपुरको विश्वकर्मा लाखे च्वांख प्रथम भयो । एकतीस समूह सहभागी प्रतियोगितामा तनहुँको डुम्रेस्थित झिङ्गु नेवा पुचः द्वितीय, बन्दीपुरको खड्कमाई सांस्कृतिक समूह तृतीय भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः रु ४० हजार पाँच सय ५५, २० हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेका थिए ।
संरक्षण समितिका संयोजक घनश्याम श्रेष्ठले लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, “विगतमा लाखे नचाउँदा छुट्टै उत्साह हुन्थ्यो, अहिले यो प्रचलन क्रमशः घट्दै जान थालेको छ । यसको संरक्षणका लागि प्रयास गरेका हौँ ।”
नेवारी संस्कृतिका भाषाविज्ञ अशोक पालिखेले संस्कार र संस्कृति बचाउनका लागि नेवार समुदाय एकजुट हुनुपर्ने बताए । भूतप्रेत भगाउने उद्देश्यले लाखे नचाउने गरिएको जानकारी दिँदै उनले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
असोज ७, २०८१ सोमबार
कैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूत श्रीवास्तवद्वारा कला प्रदर्शनी अवलोकन
असोज ७, २०८१ सोमबार
गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत
असोज ७, २०८१ सोमबार
सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
असोज ७, २०८१ सोमबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार