नाङ्गो गाँउमा नेतामात्र होइन,नेतालाई चुन्ने मतदाता पनि गलत
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १४:२९:२९
३१ भदाै, काठमाडाैं । राजनीति आफैंमा गहिरो शब्द हो । नीतिहरू मध्येको श्रेष्ठतम् नीति राजनीति हो । राजनीति विधिसँग जोडिएको छ । यो त देशको शासन प्रणालीसँग गाँसिएको छ । त्यसैले त राजनीति दर्शनबाट निर्देशित छ ।
राजनीतिसँग आस्था र विचारसँगै दृष्टिकोण जोडिएको हुन्छ । अर्कोतर्फ राजनीतिबाट दर्शन, विचार आस्था वा दृष्टिकोणलाई अलग गर्ने हो भने त्यो राजनीति हुनै सक्दैन । त्यसैले सिंगो राष्ट्रलाई अग्रगति प्रदान गर्ने मुलुक हाँक्ने भनेको राजनीतिले हो ।
यति बेला फिल्म "नाङ्गो गाँउ" देशैभरका हलहरुमा प्रदर्शन भइरहेको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन रहेको छ ।
यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म (शैकर), साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । साथै फिल्ममा शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, रवीन्द्र झा लगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ । फिल्ममा राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारहरूले पनि अभिनय गरेका छन् । बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।
राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ । गतबर्ष फिल्म ‘२ नम्बरी’ सुपरहिट दिएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ वर्षकै प्रतीक्षित फिल्म मध्येको हो । फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको छ ।
फिल्मकाे सुरुवात एउटा सरकारी विद्यालयबाट हुन्छ । शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेपका कारण त्यसको प्रत्यक्ष असर शैक्षिक गुणस्तरमा पुग्ने फिल्मको कथावस्तुले देखाउन खोजेको फिल्ममा गाउँको एउटा सरकारी विद्यालय, जहाँ राजनीतिक हस्तक्षेप छ । आफूले भनेको व्यक्तिलाई शिक्षकमा नियुक्ति नगरिदिँदा गाउँपालिका अध्यक्ष जरी लामा उर्फ 'शिशिर वाङ्देल'ले शिक्षक एवं कर्मचारीको तलब नै रोक्का गरिदिएको कथा फिल्मले देखाएको छ ।
यही विद्यालयमा एक इमानदार शिक्षक हुन्, पासाङ 'दयाहाङ राई'। विद्यार्थीदेखि गाउँलेसम्म सबैमाझ लोकप्रिय बनेका उनी जरीले ‘भनेको भरमा’ शिक्षक नियुक्ति नहुने कुराको अडानमा छन् । यता आफूले भनेको नहुँदा जरीका कार्यकर्ताहरूले विद्यालयमा ताला लगाउँछन् । विद्यार्थीको पढाइ प्रभावित बन्न पुग्छ । विद्यालय शान्ति क्षेत्र भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाए पनि सबैभन्दा बढी राजनीतिक हस्तक्षेप हुने स्थान भनेकै शिक्षा, स्वास्थ्य र जन सरोकारका विषय फिल्मले कथाबाट देखाउन खोजिएको छ ।
गाउँपालिकामा निःशुल्क आएको औषधि जरीले नै बिक्री गर्दै आएका छन् । आफ्नो घरनजिकको बाटो पक्की गरेका छन् । गाउँमा अन्य थुप्रै जीर्ण सडक छन्, जहाँ सुत्केरीलाई समयमै अस्पताल पुर्याउन नसक्दा अकालमै ज्यान गुमाउनुपरेको छ । ठीक यही माहौलमा यस्तो परिस्थिति आइपुग्छ कि, आफ्नो विद्यालयलाई सुधार्न पहल गर्दा इमानदार शिक्षक पासाङलाई सिङ्गो गाउँको तर्फबाट चुनाव लड्नुपर्ने अवस्था आउँछ ।
भ्रष्ट जरीले नै आगामी चुनावमा गाउँपालिका अध्यक्षमा उठेर जित्न पासाङलाई चुनौती दिएका छन् । जरी पराजित भए गाउँबाट भ्रष्टाचार निर्मुल हुने र गाउँको विकास हुने निष्कर्षका साथ पासाङ चुनावी मैदानमा उत्रिने र चुनाव हारे मतदानस्थलबाट नाङ्गै घरसम्म जाने निर्णयमा पुग्छन् ।
आफ्ना विद्यार्थी, अभिभावक र गाउँलेको भोटका आधारमा आफूले चु्नाव जित्न सक्ने सम्भावना देख्छन् । श्रीमती निमा 'मिरुना मगर' र नजिकका गाउँले 'बुद्धि तामाङ र रवीन्द्र झा आदि'ले पनि पासाङलाई चुनावमा उठ्न प्रोत्साहन दिएका हुन्छन् । अन्ततः चुनावमा उठने निर्णयमा पुग्छन् पासाङ । त्यसपछि के हुन्छ ? विद्यालय सुधार गर्ने, गाउँ विकासको सपना देखेर चुनावमा होमिएका इमानदार शिक्षकको आगामी यात्रा कति सहज होला ? फिल्म हेरेपछि मात्र थाहा हुन्छ । फिल्म भने पासाङकै कथावस्तु वरपरी छ ।
फिल्ममा चुनावकै लागि शहरबाट गाउँ पुगेका शंकर 'कर्मा' र रविना 'साम्राज्ञी राज्यलक्ष्मी शाह'को प्रेमकथासमेत कथामा समावेश छ । राजनीतिक दाउपेच, आरोप–प्रत्यारोपको विषय प्रशस्त छन् फिल्ममा गाउँलेको मनोविज्ञानको कुरा पनि समावेश छ । यसले मनोरञ्जनसँगै दर्शकमा सन्देश प्रवाह गर्न सफल छ । चुनावमा खराब नेतालाई जिताएर पठाउँदा कस्तो असर पर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ । फिल्ममा नेतामात्र होइन,नेतालाई चुन्ने मतदाता पनि गलत हुन् भन्ने सन्देश देखाउन खोजिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार