न्यायाधीश सिफारिसको मापदण्डमा सहमित नजुटेपछि विना निष्कर्ष सकियो न्याय परिषदको बैठक
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १६:४८:३६
३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस गर्नुपर्ने न्यायाधीशको मापदण्डमा सहमति नभएपछि न्यायपरिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । उच्च अदालतमा बाँकी रहेका २९ जना र सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीश सिफारिस गर्न आइतबार अपरान्ह न्यायपरिषदको बैठक बसेको थियो ।
शुक्रबार न्यायपरिषदले उच्च अदालतका न्यायाधीशको लागि २७ जनाको नाम सिफारिस गरेको थियो । अब २९ जनाको नाम सिफारिस गर्न बाँकी छ । न्यायपरिषदको बैठकले शुक्रबार नै ६० जना न्यायाधीशको सरुवा पनि गरेको थियो । उच्चको न्यायाधीश सिफारिस गुनासो आएको थियो । कुनै मापदण्ड नै नबनाइ हचुवाका भरमा सिफारिस गरिएको भन्दै केही कानुन व्यवसायीहरूले विरोध जनाएका थिए ।
आजको बैठकमा कुन मापदण्ड अनुसार सिफारिस गर्ने भन्ने विषयमै सहमति नभएको बताइएको छ । सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गर्नुपर्ने ६ मध्ये कुन क्लस्टरबाट कति जना न्यायाधीश लैजाने र छनोटको मापदण्ड के बनाउने भन्ने विषयको छलफल अर्को बैठकमा टुंग्याउने बताइएको छ । नसकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार