नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १७:५:१७
३१ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।
जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको नाईन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भए अनुसार जहाज पठाउन लागिएको छ । एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको उनले उल्लेख गरे ।
यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ । गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेण्डर आह्वान भएको थियो । सोही अनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको निगमले जनाएको छ ।
उक्त जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाई महिनामै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो । नियमानुसार छनौट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो । जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले माफी पनि मागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षा
असोज ५, २०८० शुक्रबार
नेपालले दुई महिनामा भारतलाई बेच्यो ५ अर्ब ४३ करोड रुपैयाँको बिजुली
असोज ४, २०८० बिहिबार
एफएनसीसीआई अध्यक्ष ढकालद्वारा क्षेत्रीय सहकार्यमा जोड
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार