तीज पर्वका कारण सर्याे सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १२:०:५५
१ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार कसुरसम्बन्धी मुद्दाका जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइ नहुने भएको छ ।
यसअघि मुद्दाको अन्तिम टुंगो लगाउन आज सुनुवाइका लागि पेसी तोक्न आदेश भएको थियो छ । तर हिन्दू महिलाहरुको मुख्य पर्व हरितालिका तीज पर्व परेको र यस अवसरमा महिलाहरुलाई सरकारले काममा छुट्टी दिएकोले अदालतमा पर्याप्त न्यायाधीश नभएका र महिला कर्मचारीहरु समेत बिदामा रहेका कारण सुनुवाइ नहुने भएको हो ।
जिल्ला अदालत प्रशासनले मुद्दालाई आज स्थगित’ सूचीमा राखेको छ । गएकाे भदौ २१ मा न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी (गाैशाला २६) र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात, आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात पेस गर्न आदेश भएको थियो । स्थानीय तहबाट कागजात प्राप्त भएपछि आज असोज १ का लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो ।
२०७९ कात्तिक १४ गते काठमाडाैं जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ । लामिछानेले २०७७ भदाै ५ गते राति किशाेरीलाई काठमाडाैंकाे पिंगलास्थानस्थित हाेटल काठमाडाैं इनमा पुर्याएर कुटपिट र बलात्कार गरेकाे अभियाेगमा मुद्दा चलाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार