अध्यक्षद्धारा वडा सदस्यलाई भाटे कारबाही गर्ने धम्की, अख्तियारको छानविन र प्रशासनमा हारगुहार
पालिका अध्यक्षको फेसबुकमा असभ्य गाली “प्रचण्डको हजुरबाउले पनि हरिनासमा कसैको रौं हल्लाउन सक्दैन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १५:२:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/harinas_gaupalika_KqRxPv8Zl8_4dPZFHhVAe.png)
१ असोज, काठमाडौं । विकास निर्माणका कुरा गर्दा योजना वितरणमा भनसुन, शक्ति प्रदर्शन र भ्रष्टाचार संघीय सरकारका दीर्घकालिन रोग हुन् । यो रोगले यति बेला स्थानीय सरकारहरू पनि ग्रस्त हुन पुगेका छन् । नगरपालिका हुन वा गाउँपालिका सबैमा यो रोग व्याप्त भइसकेको छ । यहाँसम्म कि फरक पार्टीबाट निर्वाचित नगर वा पालिका अध्यक्षले फरक पार्टीको सदस्य जितेको वडामा सामान्य योजनासम्म नदिने चलन बढेको छ ।
यस्तै प्रकरणको विवादमा फसेको छ, यतिबेला स्याङजाको हरिनास गाउँपालिका पनि । योजना दिने र बनाउने विषयमा उत्पन्न विवादले भ्रष्टाचारको आकार लिएको छ र आफ्नै वडा सदस्यले पालिका अध्यक्षलाई अख्तियारसम्म पुर्याएका छन् । प्रसंग हो, हरिनास गाउँपालिका अन्तर्गत वडा नं २ र वडा नं ५ जोड्ने कमन्ते- गुर्जा कच्ची सडक । गत स्थानीय तह निर्वाचनपछिको पहिलो आर्थिक वर्षमै यो सडक बनाउने योजना परेको थियो ।
योजना सुरु भएदेखि नै हरिनास गाउपालिका अध्यक्ष खिम नारायण मानन्धर र वडा नं ५ का वडा सदस्य तिलबहादुर थापाबीच खर्च पारदर्शितालाई लिएर विवाद सुरु भयो । उनीहरू बीचको विवाद सामाजिक सञ्जालमा पनि छताछुल्ल छ । पालिका अध्यक्ष मानन्धरले आफू विरुद्ध षडयन्त्र गरेको र अख्तियारमा उजुरी हालेको भन्दै सामाजिक सञ्जालमा वडा सदस्य थापालाई भाटा हान्छु भन्दै गाली दिएका छन् ।
‘अध्यक्ष मानन्धरले गाउँपालिकाको कुनै पनि योजना नचल्ने र त्यो सडक योजनाको मुद्दामा कसैलाई पनि दोषी ठहर्याउन सकिनस् भने तैले भाटा खान्छस्, यो वर्षमात्र योजनामा दुख दिने हिसाबले वडा नं ५ पाँच वटा मुद्दा हालिसकिस् तँ जस्तो गुइठेलाई भाटा हान्नैपर्छ भनेका छन् ।’ थापाले पनि प्रतिउत्तर फर्काउँदै ‘खिम नारायण मानन्धर भाटा किन ? भाला खुकुरी गोली नै हान्ने भयो, तिमीहरुकै स्थानीय सरकार छ । मन लाग्दी गर्ने अनि त्यसको विरुद्ध बोल्न नपाइने ? राजा, राणाको शासन हो’ भनेका छन् ।
सामाजिक सञ्जालभित्रै गालीगलौज गर्ने क्रममा अध्यक्ष मानन्धरले वडा सदस्य थापालाई हैदै जा' प्रचण्डको हजुरबाउले पनि हरिनासमा कसैको रौ+ पनि हल्लाउन सक्दैन । अब फेरी अनुसन्धान गरेर दुईचार भाटा त हान्नैपर्ने बेला आएजस्तो छ त जस्ताे गुइठेलाई भन्दै गाली गरेका छन् । स्थानीय तहको जिम्मेवार पद रहेका उनीहरूले प्रयोग गरेका शब्दले पनि स्थानीय तहमा कस्तो संस्कृतिको विकास भइरहेको छ भन्ने देखाउँछ । यही विषयमा अध्यक्ष मानन्धरले ज्यान मार्ने धम्की दिएको भन्दै वडा सदस्य थापाले जीउज्यानको सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङजामा उजुरी पनि दिएका छन् ।
स्थानीयका अनुसार हरिनास गाउँपालिकाको वडा नं ५ र वडा नं २ जोड्ने कच्ची सडक निर्माणका लागि सुरुमा २० लाखको योजना पारिएको थियो । यो सडकको काम अझै केही बाँकी छ । गत वर्ष असारमा सकिनुपर्ने योजना थियो यो । काम नसकिए पनि गरेको कामको भुक्तानी दिन भन्दै प्रक्रिया नपुर्याइ रकम निकास गर्न खोजेपछि वडा सदस्य थापाले विरोध जनाएका थिए । यसबारे उनैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पाेखरामा उजुरी पनि दिएका हुन् ।
यही उजुरीका आधारमा अख्तियारले सडक निर्माणमा आर्थिक अनियमितता भएको भन्दै हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरमाथि निगरानी बढाउँदै सबै कागज पत्र मागेको छ । अख्तियारले भदौ २४ गते गाउँपालिकाको नाममा पत्र पठाएर १५ दिनभित्र सबै कागजपत्र बुझाउन भनेको छ । यता, पालिका अध्यक्ष मानन्धरले भने आफूले कुनै गल्ती नगरेको बताएका छन् । नेपालबहससँग कुरा गर्दै अध्यक्ष मानन्धरले वडा सदस्य र वडा अध्यक्षका कारण सडक बनाउने योजना रोकिएको दावी गरे ।
उनले गत वर्ष सक्ने गरी २० लाख रकम विनियोजन गरिएको तर, अन्तिम अवस्थामा आएर वडा सदस्यले उजुरी दिएपछि रोकिएको बताए । असार अन्तिमसम्म काम गरेर भएपनि सक्ने योजना अनुसार काम हुन नसकेपछि केही रकम फ्रिज भएको र यो पटक पनि त्यही सडकको काम सक्नका लागि ६ लाख रकम छुट्याइएको भएपनि कामै गर्न नदिएको बताए ।
उनले भने, म एमालेबाट जितेको अध्यक्ष भए, त्यो वडामा एक दुई जना कांग्रेसका नेताहरू छन् । उनीहरूको मलाइ काम गर्न नदिने र विभिन्न मुद्दा मामिलाका कुरा उठाउने, खाली विरोध मात्रै गर्ने गरिरहेका छन् । काम गरौँ , बजेट छ छिटो सकौँ भन्दा विरोध मात्रै हुन्छ अनि कसरी काम गर्नु । अहिले त्यहाँ उक्त बाटा खन्न कुनै पनि प्राविधिक नै जान मान्दैनन् । कर्मचारीहरू पनि लफडामा पसिन्छ भन्छन् । यसैले काम रोकिएको छ ।’
वडा सदस्य थापाले भने अध्यक्षले कुरा मात्रै गर्ने र काम नगर्ने गरेको बताए । उनले भने, हामीले पक्रिया अनुसार काम गर्नुपर्छ भनेको हो । बजेटको फर्जी विल बनाउन हुँदैन भनेर विरोध गरेको हो । प्रक्रिया अनुसार काम अगाडि बढाउँदा हामीले बाटो रोक्ने कुरा आउँदैन । गत वर्ष पनि प्रक्रिया नपुर्याइ बजेट निकास गर्न खोजेकाले आफूले वडा नं ५ का अध्यक्ष निर्मल लम्सालसमक्ष उजुरी नै दिएर रोक्न लगाएको थिए । तर, पछि प्रक्रिया पुग्यो भनेर जबरजस्ती कागज बनाए ।’
थापाले प्रक्रिया अनुसार गए आफूहरूले बाधा उत्पन्न नगर्ने बताए । उनले पालिका अध्यक्ष थापाले आफूलाई भाटा हान्ने र ज्यान मार्ने धम्की दिएकाले जिल्ला प्रशासनमा उजुरी दिएको बताए । उनले सडकमा आएको २० लाख बजेटमा घोटाला गर्ने काम गरेकाले अख्तियारमा छानबिनका लागि उजुरी दिएको र अख्तियारले पनि कागजपत्र मागेको बताए । प्रक्रिया अनुसार काम गर्न अध्यक्ष तयार भए अहिले पनि आफूले अवरोध नगर्ने थापाको भनाइ छ ।
अख्तियारले हरिनास पालिका अध्यक्षसँग उक्त गाउँपालिका अन्तर्गत कमन्ते गुर्जा मोटरबाटो निर्माणको क्रममा फर्जी उपभोक्ता समिति बनाई सम्झौता गरेको, प्रमुख प्रशासकीय अधिकृतले छाप चलानी नभएको पत्र काटेर कार्यादेश दिएको, गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले आफूखुसी पछि योजना बनाउने र स्वीकृत गर्ने गरी बजेट विनियोजनको प्रक्रिया नै नगरी भाडामा डोजर ल्याई त्यसको भुक्तानी पोखरास्थित न्यू इरा कन्ट्रक्सनको नाममा विल बनाएको उजुरी परेकाे भन्दै कागज मागेको छ ।
अध्यक्ष मानन्धरमाथि एउटा मोटर बाटो निर्माण गर्न दुई दुई वटा उपभोक्ता समिति तथा सुपरिवेक्षण समिति गठन गरी मिलेमतोमा भ्रष्टाचार गरेको उजुरी परेकाे भन्दै यो सडक निर्माण गर्न सुरु गरिएदेखि अहिलेसम्म भएका सबै कामको विवरण पेस गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालयमा आफू विरुद्ध दिएको उजुरीका बारे भने अध्यक्ष मानन्धरले आफूलाई कुनै जानकारी नआएको बताए । उनले सीडीओ कार्यालयमा उजुरी परेको भए आफूलाई सीडीओले बोलाउनुपर्ने बताए । उनले उजुरीको कपी आफूले फेसबुकमा मात्र देखेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल संगठनको जग्गा प्रकरणप्रति चासो देखाउँदै मानवअधिकार आयोगले माग्यो अनुसन्धान फाइल
फागुन २, २०८१ शुक्रबार
उच्च भ्रष्टाचारको सूचीमा नेपाल, १०० मा ३४ अंकसहित १०७ औँ स्थानमा पर्यो
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार