कांग्रेसले संविधानसभा अध्यक्षको निधनका कारण रोकिएको बीपी साहित्य महोत्सव असोज ३ गते गर्ने
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १४:५:२१
१ असोज, काठमाडौं । नेपाली कांग्रेसले रोकिएको बीपी साहित्य महोत्सवका बाँकी कार्यक्रम यही असोज ३ गते गर्ने भएको छ । भदौ २४ र २५ गतेका कार्यक्रम भने सम्पन्न भइसकेका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण २६ गतेका सबै कार्यक्रम रोकिएका थिए । भदौ २६ गते रोकिएका साहित्य महोत्सवका सबै कार्यक्रम ३ गते गर्ने कांग्रेसले जनाएको छ ।
महोत्सव आयोजक कमिटीको बैठकले महोत्सवको समापन सभा ३ गते गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । यस अघि बनाएको तालिका अनुसारका सबै कार्यक्रम ३ गते नै छ । साे दिन बीपीको समाजवादी कल्पनामा शिक्षा, समावेशीता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्र्टन, बीपीका अख्यानमा नारी, परिवारले बुझेका बीपी र बीपीको विचार, आजको संविधान र अबको बाटो बारेमा सेक्सन वाइज छलफल हुने कार्यक्रमका मिडिया संयोजक इन्द्र रिजालले बताए ।
साँझ सांस्कृतिक कार्यक्रमहरू पनि राखिएका छन् । प्रमुख मीन विश्वकर्माका अनुसार स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते बिहान १०ः ३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो ।
अन्तिम दिनको कार्यक्रममा सहभागिताका लागि राजनीतिक दल नेता, लेखक, साहित्यकार, बुद्धिजीवी, अध्येता, अनुसन्धाता एवं सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण अनुरोध गरेको छ । अन्तिम दिनको कार्यक्रम सभ्य र भव्य बनाउन कांग्रेसका सबै भातृ संगठनहरु पनि परिचालित हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार