लागूऔषधसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १५:३५:५५
१ असोज, मोरङ । विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ मिलिग्रामसहित सोही महानगरपालिका-१५ बस्ने २४ वर्षीय प्रमिस डंगोललाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ सय १९ केजी ३ सय २४ ग्रामसहित आइतबार २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बिर्तापुर बस्ने ४५ वर्षीय दुलारे यादव र ३५ वर्षीय योगेश बर्मा रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट खटिएको टोलीले चितवन खुरखुरेबाट वीरगंज हुँदै भारततर्फ जाँदै गरेको एनएल ०१ एसि २१४५ नम्बरको कन्टेनरलाई जाँच गर्दा २ फिटको फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी ट्रक चालक दुलारे र सहचालक योगेशलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
भदौ २४, २०८१ सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ
भदौ २४, २०८१ सोमबार
एक करोडमाथिको चेक अनादर प्रमाणित भए ५ प्रतिशत जरिवानासहित दुई वर्षको कैद सजाय
भदौ २३, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
भदौ २५, २०८१ मंगलबार
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ २५, २०८१ मंगलबार