राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १५:४३:५३
१ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सोमबार दिउँसो सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे । साथै नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तब्यको रुपमा अष्ट्रेलिया पर्न थालेको स्मरण गराए ।
नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरू लाभान्वित हुन सक्ने बताउँदै त्यसबारे अष्ट्रेलियाली सरकारले सोच्ने अपेक्षा राखेको बताए । उनले अष्ट्रेलिया र नेपालका बिचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने कुरामा जोड दिएका छन् ।
राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको जानकारी दिँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसकियो माओवादीको मधेश प्रदेश बैठक
भदौ २६, २०८१ बुधबार
उपसभामुख पद जोगाउन रविको हारगुहार, प्रधानमन्त्री ओलीसँग मिलेन कुरा
भदौ २६, २०८१ बुधबार
सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : गगन थापा
भदौ २५, २०८१ मंगलबार
गृह मन्त्रालयद्वारा ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा
भदौ २६, २०८१ बुधबार
अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका ह्यारिस र ट्रम्पबीच रोचक बहस
भदौ २६, २०८१ बुधबार
सकियो माओवादीको मधेश प्रदेश बैठक
भदौ २६, २०८१ बुधबार
अब पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन पाइने
भदौ २६, २०८१ बुधबार
तनहुँको आँबुखैरेनीमा बस दुर्घटना
भदौ २६, २०८१ बुधबार