नेप्सेले सम्हालिने प्रयास गर्दा २ कम्पनीमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १६:४२:४८
१ असोज, काठमाडौं । तीजका दिन सोमबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । यस दिन सूचक ४.२६ अंकले बढेर १९६९.१८ अंकमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यो कारोबार रकम औसतमा कम हो ।
यसअघि आइतबार बजारमा करिब ४२ अंकको गिरावट आएको थियो । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरका कारण बजार घटेको अनुमान गरिएको छ । यद्यपि, असोजका लागि ८ वटा बैंकले मात्र ब्याजदर बढाएका हुन् । अरु ८ वटैले ब्याजदर घटाउँदा बाँकी बैंकले ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् ।
तर बजारमा भने ब्याजदर बढेको हिसाबले मात्र लगानीकर्ताले बुझे । यसैकारण समग्र बजार नकारात्मक बनेको अनुमान गरिएको छ । आइतबार बेस्सरी घटेको बजारले सोमबार भने विस्तारै सम्हालिने तरखरमा लागेको देखिएको छ ।
यस दिन २७१ कम्पनीको २८ लाख ७४ हजार कित्ताभन्दा बढी शेयर कारोबार भएको छ । ९ करोड ३८ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र साल्ट ट्रेडिङ कम्पनी परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
यसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
मंसिर १२, २०८१ बुधबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार