समूह बलियो बनाउँदै सामुहिक नेतृत्वतिर शेखर
नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार २१:६:९
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मंगलबार दिउँसो आफ्नै सचिवालय बालुवाटारमा समुहको बैठक बोलाएका छन् । सहमहामन्त्री जीवन परियारका अनुसार मंगलबार साढे १ बजे नेताहरूलाई छलफलका लागि बोलाइएको छ । खास एजेण्डा ४ गते बिहीबार बस्ने केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने छ ।
केन्द्रीय समितिमा समूहका तर्फबाट उठाउने विषयमा छलफल गर्ने भन्दा पनि कोइरालाले आगामी १५ महाधिवेशनलाई लक्षित गरी आफ्नो समूहलाई त्यहि अनुसार विस्तार गर्न र सामुहिक नेतृत्वमार्फत सभापतिमा उम्मेदवार दिने विषयमा छलफल गर्न लागेको नेताहरु बताउँछन् । बैठकमा अहिलेसम्म यो समूहभन्दा बाहिर रहेका महामन्त्री विश्वप्रकाश शर्मा र अर्का नेता प्रदीप पौडेललाई बोलाइएको छ ।
विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि छलफलमा बोलाइएकाले कोइरालाले सामूहिक नेतृत्वको कुरा उठाउने आकलन नेताहरूको छ । सहमहामन्त्री परियारले पनि यी दुवै नेतालाई छलफलमा बोलाइएको बताए । उनीहरू दुवैलाई यसअघि पनि बैठकमा बोलाउन खोजिएको थियो । तर, उनीहरूलाई कोइराला आफैले निम्ता दिएका थिएनन् ।
नेता अर्जुननरसिंह केसीले यसको पहल गर्दै आएका थिए । उनले कांग्रेसमा अबको नेतृत्व शेखरले गर्नुपर्ने र त्यो नेतृत्व सामूहिक हुनुपर्ने भन्दै प्रभावशाली युवा नेतालाई कोइरालाले आफ्नो समुहमा ल्याउनुपर्ने प्रस्ताव नै गरेका थिए । यसैले असोज ४ गते बस्ने केन्द्रीय समितिभन्दा अगाडी कोइरालाले शर्मा र पौडेललाई छलफलका लागि डाकेका हुन् । १४ औं महाधिवेशन पछि विश्व–प्रदीप सहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् ।
नेता केसीले पनि समूहलाई बलियो बनाउने कुरासहित शेखरको प्रस्तावमा शर्मा र पौडेलको के भनाइ रहन्छ भनेर पनि उनीहरुलाई बोलाइएको बताए । केही दिनअघि विश्व–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व–प्रदीप सहितको बैठकको राख्ने निष्कर्ष निकालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वहीन देखियो चीनप्रति ओली र प्रचण्डको झुकावः न आयोजना बने, न अनुदानमा सहमति
असोज ७, २०८१ सोमबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार
संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूत श्रीवास्तवद्वारा कला प्रदर्शनी अवलोकन
असोज ७, २०८१ सोमबार
गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत
असोज ७, २०८१ सोमबार
सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
असोज ७, २०८१ सोमबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार