असोज महिनाका लागि ६ बैंकले घटाए ब्याजदर, सबैभन्दा बढी घटाउनेमा नेपाल बैंक
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार ९:२०:४६
२ असोज, काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स सङ्घले बैंकहरूलाई आफूखुसी ब्याजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैंकहरूले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।
असोज १ गते बाट लागु हुने गरी २१ वटा वाणिज्य बैंकहरू मध्ये १७ वटाले बैंकले नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएर सूचना प्रकाशित गरेका छन् ।
असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंक छन् । यी बैंकहरूले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याँजदर घटाउँदै नयाँ ब्याँजदर सार्वजनिक गरेका हुन् । असोज महिनाका लागि ब्याजदर घटाउने बैंकहरू मध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो।
भदौको तुलनामा नेपाल बैंकले १।६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७।२९३ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।
भदै महिनामा बैंकले मुद्दती निक्षेपको व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो । यस्तै, सिटिजन बैंकले पनि भदौ महिनाको तुलनामा ०.८४६ प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।
कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०।११ प्रतिशत र संस्थागत तर्फ ८।११ प्रतिशत प्रतिशत ब्याजदर कायम गरेको छ । जुन भदौ महिनाको तुलनामा ०।७८६ प्रतिशत कम हो । भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०।८९६ प्रतिशत र संस्थागततर्फ ८।८९६ प्रतिशत ब्याज दिएको थियो ।
त्यसै गरी, राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९।५ प्रतिशत र संस्थागततर्फ ७।५ प्रतिशत ब्याजदर तोकेको छ । यो भदौ महिनाको तुलनामा ०।४९ प्रतिशत कम हो । बैंकले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९।९९ प्रतिशत र संस्थागततर्फ ७।९९ प्रतिशत ब्याज दिएको थियो ।
लक्ष्मी सनराइजले पनि नयाँ ब्याजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याजदर तोकेको छ । बैंकले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । भदौ महिनामा बैंकले व्यक्तिगततर्फ १०।४ प्रतिशत र संस्थागततर्फ ७।९९ प्रतिशत ब्याजदर दिएको थियो ।
त्यसै गरी, ग्लोबल आइएमई बैंकले पनि भदौ महिनाको तुलनामा ०।३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०।५ प्रतिशत र संस्थागततर्फ ८।५ प्रतिशत ब्याज दिने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार