शिक्षा दिवसमा बजेट नभएर बनाइएन पदक, विभूषित हुने ९ सय ६३ जनालाई फोटो खिच्न डमीको व्यवस्था
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १०:४४:३३
२ असोज, काठमाडौं । समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । दिवसलाई भव्य बनाउन सबै तयारी गरिए पनि पदक भने बनाइएको छैन । बजेट नभएर पदक नबनाइएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारी लगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
यस बीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्या पदक पनि प्रदान गरिनेछ ।
समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कार मात्रै वितरण हुने र पदक वितरणको सूचना पछि आउने मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरूको नामावली मन्त्रालयले आज प्रकाशन गरेको छ । दिवसका अवसरमा पहिलो पटक नेपाल प्रविधि विद्या भूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् ।
नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषदको बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
संघीय संसदको दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन् । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन बाँकी रहेको थियो ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भनिएपनि पदक भने बनाइएको छैन । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली पनि सार्वजनिक गरेको छ । यसपटक ९०५ जनालाई नेपाल विद्या भूषण प्रदान गरिँदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्या भूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ ।
साथै ४६ जनालाई नेपाल छात्रा विद्या पदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्या पदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्या भूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार