विश्वकर्मा पूजापछि चलेको भोजमा मजदुरबीच झडप, चक्कु प्रहारबाट एकको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार ११:११:१८
२ असोज, काठमाडौं । गएराति रुपन्देहीमा विश्वकर्मा पूजाको कार्यक्रममा मापसे गरेका मजदुरहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिका–९ स्थित विभिन्न पेटी ठेकेदारसँग काम गर्दै आइरहेका मजदुरहरु विश्वकर्मा पूजापछि एक रेष्टुरेण्टमा भेला भएर मादक पदार्थसहितको भोज खाएपछि मजदुरहरूले आपसमा झगडा गर्दा घटना हतियार प्रहारबाट एक जना मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा मकवानपुर हेटौंडाका सुरेश स्याङतान रहेका छन् । उनीमाथि चक्कु प्रहार भएको थियो ।
झडपबाट विकास वाइवा, राजु तामाङ र हस्तसिंह तामाङ गम्भीर घाइते र उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनामा संलग्नताको आशंका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपालले फिर्ता लियो लुम्बिनीमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन
असार ९, २०८१ आइतबार
कमजोर आर्थिक अवस्थाले मुसहर बालबालिका विद्यालय शिक्षाबाट वञ्चित
असार ४, २०८१ मंगलबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार