समायोजनबाट सेनामा गएका सहायक रथी अधिकारीको पदावधि ३ वर्ष थप
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १३:४८:२
२ असोज, काठमकाडौं । तत्कालीन सेना समायोजन प्रक्रियाबाट नेपाली सेनामा गएर सहायक रथी दर्जामा रहेका यामबहादुर अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरेको हो । उनी माओवादीको सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन् । सेनामा समायोजन हुँदा उनले महासेनानी (मेजर)को दर्जा पाएका थिए ।
असोज १ गतेबाट अवकाशमा जान लागेका अधिकारीको पदावधि थप भएको सेनाको जनसम्पर्कका निर्देशनालयले जनाएको छ । रक्षा मन्त्रालयबाट सहायक रथी अधिकारीको पदावधि थप भउको जानकारी सहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जनाएको छ ।
२०७६ असोज १ मा सहायक रथिमा बढुवा भएका धादिङको मार्पाक घर भएका सहायक रथी अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार