खल्तीमा प्रेस्क्रिप्सनबिनाको औषधि बाेकेका माओवादी केन्द्रका नेतालाई काेरियाली भन्सारले अझै छाडेन
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १५:१०:५७
२ असोज, काठमाडौं । दक्षिण कोरिया भ्रमणमा रहेका माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’लाई खल्तीमा प्रेस्क्रिप्सनबिनाको औषधि फेला परेपछि कोरियाली अधिकारीहरुको अनुसन्धानमा परेका छन् ।
कोरियाको नेपालि जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी अगष्ट १० मा दक्षिण कोरिया पुगेका थिए । इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदा उनलाई भन्सार विभागको चेकजाँचका लागि खल्तीमा चिकित्सक अनुमतिबिना औषधि फेला परेपछि रोकेको थियो । प्रेस्क्रिप्सन बिना औषधि लैजान नपाउने भन्दै भन्सारले उनलाइ राेकेकाे कुरा त्यहाँकाे नेपाली दूतावासले जानकारी दिएकाे छ ।
नेता सापकाेटाले त्यहाँका नेपाली राजदूतबाट माग भएअनुसार नेपालबाट औषधि लिएर गएकाे र तर त्यसको आधिकारिकता खोजेर आफूलाई रोकेको आज सामाजिक संजालमार्फत खुलस्त गरेका छन् ।
आफूबाट बरामद औषधि भन्सारले नै राखेको र आफलाई बाहिर जान दिइएको समेत जनाएका छन् । आफूलाई गिरफ्तार गरेको, नजर बन्दमा राखेको, फर्कन नदिएको भन्ने कुरामा कुनै सत्यता नरहेको समेत स्पष्ट पारेका छन् । औषधिको आधिकारितासम्बन्धी कागजात भन्सारलाई बुझाइसकिएको र छिट्टै नेपाल फर्किनेमा विश्वास्त रहेकाे समेत सामाजिक संजालमार्फत व्यक्त गरेका छन् ।
दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेता ‘दीपशिखा’ कोरियामै रोकिएको र उनलाई परेको समस्या समाधान हुने क्रममा रहेको विवरण आज एक प्रेस नोटमार्फत जानकारी दिएको छ । ‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको प्रेस नोटमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार