सुवास नेम्वाङ असल मध्यस्थकर्ता र समन्वयकारी हुनुहुन्थ्यो, सधैं सम्झिरहन्छाैं : ओनसरी घर्ती

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १५:४६:४१
२ असोज, काठमाडौं । माओवादी कैन्द्रका नेतृ ओनसरी घर्तीले दिवंगत एमाले उपाध्यक्ष उवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ राजनीतिमा देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व भएको बताएकी छन् ।
मंगलवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास नेम्वाङ र संविधान’ विषयक कार्यक्रममा बोल्दै पूर्वसभामुख समेत रहेकी घर्तीले उनले स्व. नेम्वाङको निधनले सहकार्य, समन्वय र सहजीकरणमा क्षति पुगेको बताइन् । संसदले अभिभावक गुमाएको उनको भनाइ थियो ।
उनले आफूले सभामुख छँदा समस्या परेको बेला पटकपटक भेटेर सल्लाह लिएको र त्यसबाट संसद बैठक संचालनमा सहजता मिलेको समेत स्मरण गरिन् । नेम्वाङलाई समन्वयकारी, सरल व्यक्तित्व, सबैले मन पराउने र असल नेताको रुपमा सम्झिइन् । राजनीतिक वृत्तमा समस्या देखा पर्दा नेम्वाङले खेलेको मध्यस्थकर्ता र समन्वयकारी भूमिका राज्यले सधैं सम्झिरहने बताइन् ।
नेम्वाङकाे गत साता हृदयघातबाट निधन भएकाे थियाे । दुइ पटक संविधानसभा अध्यक्ष बनेका त्यसअघि सभामुख समेत भइसकेका थिए । पछिल्लाे समयमा प्रतिनिधिसभा सदस्य रहेका उनकाे याेगदानकाे कदर गर्दै उनकाे अन्त्येष्टि राजकीय सम्मानसाथ गरिएकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदमा रहेको शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने
असोज १५, २०८० सोमबार
मन्त्री ज्वालासँग एमसीसी टोलीको भेट : ‘कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन’
असोज १५, २०८० सोमबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार