फुटपाथ व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग गर्दै महानगरअगाडि अभियन्ताहरुको प्रदर्शन
७७ घण्टासम्म प्लेकार्ड बोकेर उभिइरहने

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १६:५:५९
२ असोज, काठमाडौं । काठमाडौंका फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् ।
मंगलबार दिउँसो १ बजेदेखि महानगरका मेयर बालेन साहको कार्यकक्ष रहेकाे राष्ट्रियसभा गृह अगाडि छातीमा प्लेकार्ड राखेर उभिएका उभिएका छन् । उनीहरु ७७ घण्टासम्म यसरी नै उभिने भएका छन् ।
काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्र फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै ३ महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाइरहेका छन् ।
महानगरका जनप्रतिनिधिहरुले फुटपाथ र त्यहाँ व्यवसाय गरिरहेकाहरुको सहज व्यवस्थापन गर्ने वाचा गरेपनि अहिले बेवास्ता गरेको आरोप उनीहरुको छ । उनीहरुले गरिब होइन, गरिबी हटाउनुपर्ने तर्क गरेका छन् ।
परम्परागत मजदुर सडक, साइकल र गाडालाई वैकल्पिक रुपमा व्यवस्थापन हुनुपर्ने, शहर कसका र कस्तालाई मात्र हो ? भनेर प्रश्न समेत गरेका छन् । समस्या समाधान गर्न आफूहरुले सहजीकरण गर्न खोजेको तर मेयर साहले भेट नदिएपछि बाध्यक भएर कार्यकक्ष अगाडि ७७ घण्टासम्म निरन्तर उभिएर विरोध जनाउने क्रम सुरु गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोकनामा तोरी पेल्ने कोल लोप हुँदै
असोज १३, २०८० शनिबार
दोलखामा थप ३ किलो सुनसहित एक जना पक्राउ
असोज १२, २०८० शुक्रबार
रोशीमा दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा
असोज १२, २०८० शुक्रबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार