शिक्षक महासंघद्वारा मन्त्रालयसँगको वार्ता बहिस्कार
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १६:२३:३२
२ असोज, काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता बहिष्कार गरेको छ । महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ ।
मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो । शिक्षा विधेयकमा असहमति जनाउँदै बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा नबस्ने जनाएको हो ।
शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो ३ बजे वार्तामा आउन अपिल गरेको थियो । मंगलबार शिक्षा दिवस समारोहमा सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र शिक्षामन्त्री अशोक राईले समेत वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने शिक्षक महासंघको ठम्याइ छ ।
महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मी किशोर सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन जारी रहने जनाएका छन् । विगतमा भएका वार्ता, सहमतिका बुँदाहरू विधेयकमा समावेश नगरी संसदमा पेस गरिएकाले वार्ताको औचित्य नरहेको महासंघको ठहर छ । उल्टै आन्दोलन तयारीको निर्णय गर्न केन्द्रीय समितिको बैठक डाकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार
मुगु ६५ औं साक्षर जिल्ला घोषणा
असोज ७, २०८१ सोमबार
ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो
असोज ७, २०८१ सोमबार
प्रहरी हिरासतबाट फरार ७ थुनुवा पक्राउ
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार