संविधान संशोधन लहडकाे विषय हाेइन, अहिले हतारो अवस्था छैन : ओली

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १६:३६:३३
२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनमा हतार गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले संशाेधन विषय लहडकाे विषय नभएकाे समेत स्पष्ट पारेका छन् ।
सरकार साझेदार दल जसपा, लोसपा, नाउपा, जनमत तथा स्वतन्त्र सांसदहरुले वर्तमान संविधानले दलाल पूँजीपति वर्ग र कुलीन वर्गको हित गर्नेबाहेक श्रमजीवि नागरिकको पक्षमा काम गर्न नसकेको भन्दै संशोधनमा जोड दिइरहेका बेला संसदको दोस्रो शक्ति एमालेका अध्यक्ष ओलीको यस्तो धारणा सार्वजनिक भएको हो ।
पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा आयोजना गरिएको गोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले काम नपाएकाहरुले संविधान संशोधन हल्ला चालउन थालेको आरोप लगाए । उनले संशोधन गर्दा विचार पुर्याएर मात्र गर्नुपर्ने बताए ।
सरकारकै संरक्षणमा जातीय, धार्मिक वा लैंगिक भडकाव ल्याउने तत्वहरु विभिन्न माग राखेर संविधान असफल बनाउने प्रयास लागिरहेको बताउँदै त्यसलाई असफल पार्नु नेपाली राजनीतिको अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ थियो ।
स्व. नेम्वाङले लिएको सहकार्य, समन्वय र इमान्दारिता नै राजनीतिक समस्या समाधानका लागि भरपर्दो आधार रहेको बताए । संविधान संशोधन गर्नुपहिले तीनै थरि विषयलाई भरपूर प्रयोग गरिनुपर्ने बताए । वर्तमान संविधान नेम्वाङको कुशलताका कारण घोषणा संभव भएको समेत उनले बताए । कसैले भनेको वा माग गरेको भरमा संविधान संशोधन नहुने तर आवश्यकता भएमा जुनसुकै बेला गर्न सकिने उनले बताए ।
संविधान कार्यान्वयनकै चरणमा रहेकाले संशोधन मागको औचित्य समेत नरहेको बताए । एक अर्काे प्रसंगमा उनले देशमा हिंसा भड्काउने प्रयास जुनसुकै रंग र भेषमा भएपनि एमालेलाई स्वीकार्य नहुने बताए ।
सरकारले भाेलि असाेज ३ गते संविधान दिवस भव्य का्र्क्रम गरी मनाउँदैछ । सार्वजनिक बिदा समेत दिइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदमा रहेको शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने
असोज १५, २०८० सोमबार
मन्त्री ज्वालासँग एमसीसी टोलीको भेट : ‘कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन’
असोज १५, २०८० सोमबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार