सरकारको आम्दानी १ खर्ब ५४ अर्ब, खर्च १ खर्ब ३१ अर्ब

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १६:३८:१४
२ असोज काठमाडौं । सरकारले दुई महिनामा १ खर्ब ५४ अर्ब आम्दानी गरेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा सरकारले कुल १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्यमा दुई महिनामा ९.९२ प्रतिशत उठेको हो ।
बजेटमार्फत सरकारले चालु आर्थिक वर्ष कुल १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अन्य आम्दानीसहित दुई महिनाको अवधिमा सरकारको कुल आम्दानी १ खर्ब ५४ अर्ब रुपैयाँ भएको हो । दुई महिनामा सरकारको खर्च भने १ खर्ब ३१ अर्ब भएको छ । दुई महिनाको अवधिमा सरकारको खर्चभन्दा आम्दानी २३ अर्ब बढी देखिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले लिएको कुल खर्च लक्ष्यमध्ये दुई महिनाको खर्च ७.४९ प्रतिशत हो । दुई महिनामा कुल वार्षिक लक्ष्यको २ दशमलव ७ प्रतिशत पुँजीगत खर्च भएको छ भने ७ दशमलव ६८ प्रतिशत चालुगत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्ष कुल ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लक्ष्य लिएको छ भने चालु खर्च ११ खर्ब ४१ अर्बको अनुमान छ । वित्तीय खर्च ३ खर्ब ७ अर्ब हुने अनुमान रहेकोमा दुई महिनामा ११ दशमलव ४९ प्रतिशत वित्तीय खर्च भएको भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वजनिक खरिद प्रणालीलाई प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम गरिने
असोज १५, २०८० सोमबार
सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय
असोज १२, २०८० शुक्रबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार