विस्फोटमा सात बालबालिकाको मृत्यु
इन्द्र रिजाल
बैशाख २, २०७६ मंगलबार १:६:५६
लाघमान । अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ ।
यस विस्फोटबाट अरु धेरै व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । प्रान्तीय गभर्नर असादुल्लाह दवलतजाईले यस घटनाको पुष्टि गरे। अफगानिस्तानमा बारुदी सुरुङ आक्रमणमा परी हरेक महिना कम्तीमा एक सय सात जनाको मृत्यु हुुने गरेको एक सरकारी तथ्याङ्कमा उल्लेख छ ।
अफगानिस्तानका तीन हजार ४०० वर्ग किलोमिटर क्षेत्रमा बिछ्याइएका विस्फोट पदार्थलाई निस्तेज बनाइएको छ, तर अर्को एक हजार ७०० वर्गकिलोमिटर क्षेत्रमा भूमिगत बारुदी सुरुङ सफा गर्न बाँकी रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार