लक्की मिडिया हाउसले वरिष्ठ पत्रकार ढकाललाई सम्मान गर्ने

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १६:४७:२६
२ असोज, चितवन । लक्की मिडिया हाउस चितवनले वरिष्ठ पत्रकार नवराज ढकाललाई सम्मान गर्ने भएको छ । राजधानी आस्था साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधानसम्पादक ढकाललाई मिडियाले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ मा पत्रकारिता विधातर्फ सम्मानीत गर्न लागिएको हो ।
मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनुभएका ढकाललाई सम्मान गर्न लागिएको जानकारी दिए । २०२३ सालमा काभ्रेमा जन्मिएर २०४७ मा चितवन झरेका ढकालले २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । तत्कालीन पारदर्शी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका ढकालले पारदर्शी दैनिक, लोकतन्त्र दैनिक, जनआस्था साप्ताहिक, जनदिशा दैनिकलगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् ।
विगत १५ वर्षदेखि राजधानी आस्था साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका ढकाल प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवं प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन विभागको उपाध्यक्ष हुन् ।
महाप्रबन्धक कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आएका व्यवसायी, चिकित्सक, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरूको प्रतिनिधित्व हुने गरी सम्मान गरिँदै छ । सम्मानीत हुनेहरूको नाम क्रमशः सार्वजनिक गर्दै जाने कार्कीले बताए ।
‘चितवनमै पहिलो पटक यसप्रकारको फिल्मी अवार्ड आयोजना गर्दै छौँ,’ उहाँले भने, ‘अवार्डको प्रचारप्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रासमेत गरिँदै छ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटोयात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिए ।
देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकारहरूलाई सम्मान गर्ने गरी असोजको अन्तिम साताभित्र अवार्ड कार्यक्रम आयोजना हुने कार्कीले जानकारी दिए ।
लक्की मिडिया हाउस चितवनले यही असोज महिनामा गर्ने अवार्डको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारको योगदानको कदर गर्नेुपर्नेमा उनले जोड दिए ।
अवार्ड वितरणका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको उनले बताए । ०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस्तान्तरण हुन नसक्दा धान नाच सङ्कटमा
असोज १५, २०८० सोमबार
१०३ वर्षिय महानगरपिता पोखरेललाई सम्मान
असोज १५, २०८० सोमबार
देशभर सामान्य बदली, आज पाँच प्रदेशमा पानी पर्ने
असोज १५, २०८० सोमबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार