५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी आयात गर्ने सरकारको निर्णयले सलबलाउन थाले व्यापारी

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १७:२७:७
२ असोज, काठमाडौं । भारतबाट चिनी किनेर नेपालमा व्यापार गर्दै आएका उद्योगीहरु सरकारले ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्ने निर्णय गरेपछि सलबलाउन थालेका छन् । केही चिनी उद्योगले भारतबाट कमसल चिनी किनेर नेपाल ल्याउने र नेपाली चिनी भन्दै व्यापार गर्दै आएका थिए । सरकारले दुई सस्थान साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुट दिएर २० हजार टन चिनी ल्याउने निर्णय गरेको छ ।
दशै र तिहारलाई लक्षित गर्दै उक्त परिमाणको चिनी आयात गरिन लागेको हो । यो चिनी आएपछि बजारमा चिनी उद्योगीहरुले डिलर मार्फत विक्री गर्दै आएको चिनीभन्दा सस्तोमा पाइनेछ । चाडवाड सुरु भएसँग बजारमा चिनिीको कालोबजारी सुरु भइसको छ । अहिले एक साता अघिको भन्दा प्रतिकिलो २० रुपैयाँ मूल्य बढाएर व्यापारीहरु बेचिरहेका छन् ।
चिनी उद्योगीहरु सरकारलाई चिनी ल्याउन नदिने षडयन्त्र गरिरहेका थिए । उनीहरुले बिचौलीया मार्फत लविङ गर्दै आएका थिए । सरकारले चाडबाड र बजारको आपूर्ति अवस्थालाई मध्यनजर गर्दै दशै अगाडी नै २० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि ६० हजार टन आयात गर्न प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले २० हजार टन मात्र आयातको स्वीकृति दिएको छ ।
अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्नेछन् । यसबारे गत सोमबार नै निर्णय भएको हो । २० हजार टन आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिइएको छ । चिनी आयात गर्दा भन्सार महसुल ३० प्रतिशत तिर्नुपर्छ भने त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भन्सार महसुल छुट हुँदा निजी क्षेत्रले बिक्री गर्नेभन्दा चिनी सस्तो हुनेछ ।
सरकारका तर्फबाट आयात हुँदा बजारमूल्य हस्तक्षेप गर्न सजिलो हुने आपूर्ति मन्त्रालयका अधिकारीको भनाइ छ । चिनी उद्योगीले भन्सार छुट दिन नहुने भन्दै आएका थिए । उद्योगीकै दवावमा विगत दुई वर्षदेखि छुटमा आयातको स्वीकृति दिएको थिएन । जसका कारण सरकारी गगोदाम रित्तिएका थिए । अहिले चाडबाडमा व्यवसायीले थप मूल्य बढाउने संकेत दिएपछि चिनी आयात गर्न लागिएको हो ।
बजारमा व्यवसायीको हस्तक्षेपलाई हटाउन आयातमा छुटको व्यवस्था गर्नुपर्ने माग रहदै आएको थियो । विगतमा चाडबाडलाई लक्ष्य गरी सरकारी संस्थानलाई १ प्रतिशत भन्सार महसुलमा चिनी आयात अनुमति दिने चलन थियो । पछि १ प्रतिशतबाट बढाएर ५० प्रतिशतमा पुर्याइएको हो । चाडबाडमा महँगी बढ्ने हुँदा मूल्य हस्तक्षेप गर्न छुटको चिनी आयात जरुरी रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन ।
वाणिज्य मन्त्रालयका अनुसार अर्थले दुई वर्षपछि भन्सार महसुल छुटमा चिनी आयातको निर्णय गरेको हो । गत वर्ष साल्ट र खाद्यको गोदाम रित्तै हुँदा सहुलियत दर (भन्सार छुट) मा आयात व्यवस्था मिलाउन पटकपटक पत्र पठाइएको थियो । तर अर्थले निर्णय नगर्दा सरकारी संस्थानले सहुलियतको चिनी आयात गरका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक्सप्लोर अर्थ मुभर्सको कार्यालय स्थानान्तरण
असोज १४, २०८० आइतबार
असोज २१ गतेदेखि चाडबाड लक्षित ४२ जिल्लाका ४८ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने
असोज ९, २०८० मंगलबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार