दलहरुबीचको समझदारी टुटेका कारण संविधान कार्यान्वयनमा ढिलाइ : नेता सिटौला

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १७:४३:४
२ असोज, ललितपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुबीचको समझदारी टुटेका कारण संविधान कार्यान्वयनमा ढिलाइ भएको बताएका छन् । उनले संविधान कार्यान्वयनमा दलहरु चुकेको समेत बताए ।
मंगलवार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास नेम्वाङ र संविधान’ विषयक कार्यक्रममा बोल्दै नेता सिटौलाले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेको र यसको प्रभाव संविधान कार्यान्वयनमा ढिलाइको रुपमा प्रकट भएको बताए ।
तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउने बेला सरकारका गृहमन्त्री समेत रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले स्व. नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्याएको बताए । संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आएपनि नेम्वाङले त्यसलाई सहज ढंगले प्रतिरोध गर्दै संविधान जारी गर्न राजनीतिक निपुणता देखाएको बताए । अन्तरिम संविधान, संविधानसभा र पछिल्लोपटक संविधान जारी गर्दाताका नेम्वाङले निर्वाह गरेका योगदानलाई मुलुकले सधैं सम्झिइरहने बताए ।
नेम्वाङको शून्यताले राजनीतिक वृत्तमा सहकार्य, सहजीकरण र समन्वयात्मक भूमिकामा सधैं खट्किरहने बताउँदै राजनीतिमा निषेध र प्रतिशोधको भावनालाई टाढा राख्न नहुने बताए । संविधान कार्यान्यवनकै चरणमा रहेका बेला संशोधन आवाज उठनु राम्रो संकेत नभएको उनको भनाइ थियो ।
एमालेले आज सात वटै प्रदेशमा कार्यक्रम आयोजना गरेर नेम्वाङको विचार र योगदानबारे चर्चा गरेको छ । काेशीमा इलाम (नेम्वाङकाे गृह जिल्ला), मधेशमा वीरगन्ज, गण्डकीमा पाेखरा, लुम्बिनीमा बुटवल, कर्णालीमा सुर्खेत, सुदूरपश्चिममा धनगढीमा कार्यक्रम गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदमा रहेको शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने
असोज १५, २०८० सोमबार
मन्त्री ज्वालासँग एमसीसी टोलीको भेट : ‘कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन’
असोज १५, २०८० सोमबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार