बुधबारदेखि रत्नपार्क-सूर्यविनायक ‘द्रूत बस सेवा’, एकतर्फी यात्रा ४५ मिनेटमै

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १८:५:४०
२ असोज, काठमाडौं । सरकारले भोलि असोज ३ गतेदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायक आउजाउ गर्ने यात्रुका लागि ‘द्रूत बस सेवा’ संचालन गर्ने भएको छ । सेवा दिन सडकमा ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी राखेको छ ।
सरकारको द्रूत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलि बुधबारदेखि सञ्चालन गर्न लागिएको बस सेवाको डेडिकेटेड लाइन (रातो रंगमा) तयार भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनााएको छ । सेवा संचालनपछि एकतर्फी ४५ मिनेटमा पुग्न सकिने दाबी कार्यालयको छ ।
बिहान र बेलुका कार्यालय समयमा बानेश्वर, कोटेश्वर, जडिबुटीमा चर्को ट्राफिक जाम परेर यात्रुलाई २ घण्टासम्म समय खर्चिनुपर्ने बाध्यता हटाउन सरकारले याे सेवाको अवधारणा ल्याएको बताइन्छ । सेवाको उद्घाटन भोलि बिहान ८ बजे रत्नर्पाकबाट हुने जनाइएको छ ।
द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना रहेपनि भोलिबाट दुई वटा बसले सेवा सुरु गर्ने बताइएको छ । डेडिकेटेड लाइनमा अन्य सवारी साधन रोक्नु हुँदैन । रोकिएमा ट्राफिकले तत्काल खाली गर्ने उपत्यका ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन
असोज १४, २०८० आइतबार
इन्द्रजात्राका कारण आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन निषेध
असोज ११, २०८० बिहिबार
मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो
असोज १०, २०८० बुधबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार