शेखर समूहको बैठकमा केन्द्रीय समितिबाट पारित कार्यतालिकाबारे छलफल, कार्यान्वयनका लागि दवाव दिने
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार २१:२०:३३
२ असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठकमा केन्द्रीय समितिबाट पारित भएको वार्षिक कार्यतालिका कार्यान्वयनमा संस्थापन पक्षलाई दवाव दिने विषयमा छलफल भएको छ । कार्यतालिकालाई अवरुद्ध हुन दिन नहुने विषय बैठकमा छलफल भएको नेताहरूको भनाइ छ ।
४ असोजमा बोलाइएको केन्द्रीय समिति बैठकअघि कांग्रेसको संस्थापन इतर पक्षले राखेको छलफलमा नेताहरूले डा.शेखर कोइराला र महामन्त्री गगन थापाको सम्बन्धका विषयमा चासो राखेका थिए । शेखर–गगन समूहका पदाधिकारी र केन्द्रीय सदस्य सहभागी बैठकमा धेरै नेताको प्रश्न समूहभित्रको एकतालाई लिएर थियो । केन्द्रीय सदस्यहरूले शेखर–गगनबीचमा छलफल गरी एकवद्ध हुन सुझाव दिएका थिए ।
बैठकले कांग्रेसले नै भ्रष्टाचार विरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचार विरुद्धको अभियान रोकिएको निष्कर्ष निकालेको हो ।
बैठकले सरकारले जनतामा आशा जगाउन नसकेको निष्कर्ष पनि निकालेको छ । कांग्रेसका नेताहरू समातिने डरको मनोविज्ञान बढेपछि भ्रष्टाचार विरुद्धको अभियान रोकिएको निष्कर्ष बैठकको छ । बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थामा संस्थापन पक्षले एकलौटी गरेको र तल्ला तहको निर्वाचन हारेकाहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गरेको सहितका विषयमा छलफल भएको थियो ।
गत साउन २ गते केन्द्रीय समिति बैठक बस्दा त्यसअघि संस्थापन इतरका नेता शेखरले आफ्नो पक्षको बेग्लै बैठक राखेका थिएनन् । त्यसबेला कोइरालामाथि सभापति शेरबहादुर देउवासँग मिलेको आरोपसमेत लागेको थियो भने गुट बैठक नराखेर राम्रो सन्देश दिएको भन्दै देउवा पक्षका नेताहरूले प्रशंसासमेत गरेका थिए । शेखरले भने सभापति देउवासँग मिलेको कुरालाई खण्डन गरेका थिए ।
यस पालि असोज ४ मा केन्द्रीय समिति बैठक बस्दैछ । त्यसअघि कोइरालाले मंगलबार आफ्नो सचिवालयमा छलफल गरेका हुन् । सरकारका काम कारबाहीका समीक्षादेखि केन्द्रीय समिति बैठक र कोइराला समूहका गतिविधिबारे बैठकमा समीक्षा भएको छ । असोज ४ को केन्द्रीय समितिमा के–कस्ता एजेन्डा राख्ने भन्ने विषयमा कुराकानी भयो, समसामयिक राजनीतिक घटनाक्रमका विषय र पार्टीका आगामी कार्यदिशाबारे पनि छलफल भयो,’ बैठकपछि नेता दिलेन्द्रप्रसाद बडूले भने, ‘सरकारका कामकारबाहीबारे पनि समीक्षा गरियो ।’
बडूका अनुसार मंसिरमा हुने महासमिति बैठक तयारी र ०८२ मै १५ औं महाधिवेशन गर्नुपर्ने विषयका सन्दर्भमा पनि छलफल भएका छन् । ‘क्रियाशील सदस्यता वितरणदेखि सबै तयारी गर्नुपर्ने विषय पनि उठेका छन्,’ उनले भने, ‘केन्द्रीय समितिले पास गरेको वार्षिक कार्य योजना कति कार्यान्वयन भए वा भएनन् त्यसको पनि समीक्षा हुनुपर्छ भन्ने कुराकानी भएको छ ।’
उनले पार्टीलाई थप सशक्त र चलायमान बनाउनुपर्ने बताए । ‘भोलिका दिनमा कांग्रेसको एकल बहुमत आउने गरी पार्टीले काम गर्नुपर्याे,’ उनले भने, ‘त्यसका लागि समयवद्ध काम गर्नुपर्छ भन्ने विषय साथीहरूले राख्नुभएको छ ।’ अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले सरकारका गतिविधिबारे पनि समीक्षा गरिएको जानकारी दिए ।
गौतमले भने, ‘सरकारका कतिपय गतिविधिमा पनि हामीलाई चित्त बुझेको छैन । यो सरकारले सुशासन दिओस् । भ्रष्टाचारलाई नियन्त्रण गरोस् र जनतामा देखिएको निराशालाई आशामा रुपान्तरण गरोस् भन्ने हो ।’ कांग्रेस संस्थागत रूपले अघि बढ्नुपर्ने पनि उनले बताए । नेविसंघ र तरूण दलजस्ता भ्रातृ संस्था ’जम्बो’ बनाइएको विषयमा पनि बैठकमा नेताहरूले असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय सदस्य गोविन्दराज पोखरेलका अनुसार अनुशासन कारबाही, निलम्बन विधि विधान र प्रक्रियाअनुसार हुनुपर्छ भन्ने विषय पनि उठेको छ । ‘भ्रातृ संस्था अध्यक्ष तोक्दा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी तीन जनाको नाम मागेर तीमध्येबाट गर्नुपर्नेमा एकलौटी भइरहेका छन् भन्ने विषय पनि उठ्यो,’ उनले भने । भ्रातृ संस्थाका अध्यक्षहरूले आफूनिकटलाई जिल्ला सभापतिसँग समन्वयबिना अध्यक्ष तोकेको भन्दै आलोचना भइरहेको थियो ।
साथै बैठकमा विभिन्न प्रदेशमा मन्त्रालय फुटाएर मन्त्री थप गर्ने प्रवृत्ति देखिएको भन्दै रोक्न दवाव दिनुपर्ने कुरा पनि उठेको छ । कांग्रेसले भ्रष्टाचारविरूद्ध अभियान नै रोकेको आरोपसमेत केही नेताहरूले उठान गरेका छन् । महामन्त्री गगन थापाले पार्टीले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका थिए । वार्षिक कार्यपालिकाअनुसार नै पार्टीका काम कारबाही अघि बढ्ने थापाको विश्वास थियो ।
बैठकपछि केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले आफूहरू ठूलो छाती बनाएर अघि बढेको बताए । ‘हामीहरू ठूलो छाती बनाएर खुला दिलले अघि बढेका छौं । हामी एजेन्डामा मिलेर अघि बढ्न सक्ने, सहकार्य हुन सक्ने सबैलाई जोडेर जान खुला छौँ,’ उनले भने, ‘विश्वजी र प्रदीपजीसँग पनि संवाद भइरहेकै छ ।’
१४ औँ महाधिवेशन अघि महामन्त्री शर्मा सभापति शेरबहादुर देउवाकै विश्वासपात्र थिए । केन्द्रीय सदस्य रहेका शर्मालाई देउवाले नै पार्टीको प्रवक्ता बनाएका थिए । तर प्रवक्ता रहँदा–रहँदै देउवा–शर्मा दुरी बढेको थियो । जुन कारण शर्मा १४ औँ महाधिवेशनमा देउवा समूह छोडेर सिंहको प्यानलबाट उम्मेदवार बन्न बाध्य भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
कालीगण्डकी करिडोर : पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’
भदौ २५, २०८१ मंगलबार
मैदानमा कहिले फर्किन्छन् नेइमार ?
भदौ २५, २०८१ मंगलबार
ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा
भदौ २५, २०८१ मंगलबार
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
भदौ २५, २०८१ मंगलबार
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार