कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम आज, साँझमा समापन
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १०:२९:१२
३ असोज, काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज राखिएको छ । कार्यतालिकामा राखिएका कार्यक्रम सकेर आजै महोत्सवको समापन पनि हँदैछ । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ भदौदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरेको थियो ।
संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण २६ भदौको कार्यक्रम स्थगित भएको थियो । सोही स्थगित कार्यक्रम आज गर्न लागिएको हो । आजको कार्यक्रम बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । अघिल्ला कार्यक्रम पार्टी कार्यालयको प्रांगणमा भए पनि आजको कार्यक्रम भने कार्यालय भवनको हलमा हुने छ ।
आज ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ शीर्षकमा शिक्षाविद केदारभक्त माथेमाको ‘की नोट स्पीच’ हुनेछ । यसैगरी ‘समावेशिता, सामाजिक रुपान्तरण र बिपी’ शीर्षकको छलफल कार्यक्रममा चित्र लेखा यादव, आहुति, मोहना अन्सारी सहभागी हुनेछन् । यसको सहजकर्ता हरि बहादुर थापाले गर्नेछन् ।
यसैगरी कृष्ण सिटौला, दमननाथ ढुंगाना र निलाम्बर आचार्यले ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षकको छलफलमा भाग लिने छन् । यसको सहजीकरण रमेश लेखकले गर्नेछन् ।
वक्ताहरु शिव रिजाल, तारालाल श्रेष्ठ, धनकुमारी सुनार ‘समय र सबाल्र्टन’ शीर्षकको छलफल कार्यक्रममा सहभागी हुनेछन् । ‘बिपीका आख्यानमा नारी’ शीर्षकमा वक्ताहरु नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी, ‘परिवारले बुझेका बिपी’ शीर्षकमा डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार