रत्नपार्क-सूर्यविनायकसम्म द्रूत बस सेवा संचालन, उद्घाटनका दिन मन्त्री र मेयर सवार
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार ११:११:५२
३ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रूत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकाबाट भक्तपुरको सूर्यविनायकसम्म करिब १३ किलोमिटरमा द्रूत बस सेवा सुरु गरेको हो ।
सेवाको उद्घाटन बुधबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरे । आज २ वटा बसले सेवा दिनेछ । भोलि बिहीबारबाट सर्वसाधारणका लागि २५ वटा बस संचालन हुने सडक विभागले जनाएको छ ।
बिहान कार्यालय जाने ९–११ र बेलुका कार्यालय छुट्ने समय ४–६ बजेसम्म बस सेवा संचालन हुनेछ । बसले एकतर्फी ४५ मिनेटमा पुर्याउने जनाइएको छ । उद्घाटनको दिन बसमा द्रूत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् ।
द्रूत गतिका बस संचालनका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म सडकमा रातो रंग पोतेर अलग्गै लेन राता छुट्याइएको छ । बस संचालनका बेला उक्त लेनमा अन्य सवारी रोक्न निषेध गरिनेछ । चोकमा रातो बत्तीमा पनि बस रोकिने छैन । चलाउने क्रममा अवरोध आएमा दायाँबायाँ मोडेर पनि बस चलाउन पाइने भएको छ । रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
‘अचम्मै पो भो ! हिउँ नै परेन’
पुष ७, २०८१ आइतबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार