तीनै तहका सरकारले जनताको अपेक्षा अनुसार काम गरेमात्र संविधान कार्यान्वयनमा गएको ठहरिन्छः देउवा
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार ११:३४:४७
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधान अनुसार स्थानीय, प्रदेश र केन्द्रका सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न अग्रसर देखिए मात्र संविधान कार्यान्वयनमा गएको ठहरिने बताएका छन् । नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासको परिकल्पना गरेको देउवाको भनाइ छ ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरी सभ्य, शोषणमुक्त र समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको उल्लेख गरेका छन् । यस संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलनविन्दु हो, सन्देशमा भनिएको छ ।
लामो र साझा संघर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै उनले संविधानमा प्रतिविम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हामी सबै एकापसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताएका छन् ।
सरकार यो संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहनुपर्ने भन्दै देउवाले यस अवसरमा संविधानले प्रत्याभूति गरेका साझा मौलिक हक–अधिकारको पूर्ण उपभोग गर्दै तथा संविधानले व्यवस्था गरेका नागरिकको दायित्व र कर्तव्यप्रति पूर्ण सजग रहँदै मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको बताएका छन् ।
उनले भनेका छन, ‘ऐतिहासिक जननिर्वाचित संविधान सभा मार्फत संविधान निर्माण भई जारी भएको आज ८ बर्ष पुरा भएर ९ बर्षमा प्रवेश गरेको छ । यो अवधिमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालको रुपमा काम गरिरहेका छन् । नयाँ संविधान अनुसार विभिन्न ऐन÷कानून निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयन तर्फ अघि बढेको छ । नयाँ संविधान अनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षा अनुसारको काम गर्न अग्रसर देखिएका छन् ।’
संविधानसभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको र संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको देउवाले बताएका छन् ।
लोकतान्त्रिक संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ । संवैधानिक अभ्यासमा भएका कमी–कमजोरी सच्चाउँदै संविधानको व्यवहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी छ । सबै राजनीतिक दल, नागरिक समाज, नीजि क्षेत्र र विभिन्न पेशाकर्मीहरुको सामुहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशको रुपमा अघि बढाउनु पर्ने दायित्व हामी सबैको काँधमा आएको छ ।
२००७ सालदेखि सुरु भएको विभिन्न चरणका राजनीतिक संघर्ष र प्रातः स्मरणीय सहिदको बलिदानको उपलव्धिका रुपमा संविधान सभा मार्फत संविधान जारी भएको हो । संविधानको सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवम् समृद्धि सहितको समुन्नत मुलुक बनाउन हामी सबैले एक आपसमा हातेमालो गरेर अघि बढ्नु पर्ने आवश्यकता छ । मुलुकलाई केही बर्षमा नै समुन्नत मुलुकको रुपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको छ ।
अन्त्यमा, संविधान दिवसको यस पावन अवसरमा विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका हाम्रा अग्रज नेता गणहरु, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने महान सहिदहरु, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, संघर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरु, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकहरु लगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार