शिक्षा विधेयकमा रस्साकस्सीः विद्यालय ठप्प पारेर देशभरका शिक्षक काठमाडौंमा उत्रिए
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १२:५९:१६
३ असोज, काठमाडौं । शिक्षा मन्त्रालयले सांसदहरुमाझ् दफावार छलफलका लागि गत बुधबार प्रतिनिधिसभाका दर्ता दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’माथि सरकार र शिक्षकहरुबीच रस्साकस्सी सुरु भएको छ ।
विधेयकका राखिएका केही प्रावधानले पञ्चायतकालको झल्को दिएको भन्दै स्वीकार्यसहित सडका संघर्षका कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक महासंघले आज काठमाडौंमा विरोध प्रदर्शन जारी राखेको छ । उसले देशभरबाट सामूदायिक विद्यालयका शिक्षक, शिक्षिका झिकाएर माइतीघर मण्डलाबाट विरोध र्याली गरेर नयाँबानेश्वरस्थित संसद भवनअगाडि पुगेर विरोध सभाको आयोजना गरेको छ । सभामा सयौं शिक्षक शिक्षिकाहरु सहभागी भइरहेका छन् ।
सबै दलका शिक्षक संगठनहरुले आ–आफ्नो संगठनको व्यानरमा शिक्षकहरुलाई सडकमा उतारेका छन् । प्रदर्शनलाई विप्लवका शिक्षकहरुले पनि समर्थन जनाएका छन् । महासंघको आह्वानमा शिक्षकहरुले आजबाट पढाउने काम ठप्प पार्नेछन् । आज संविधान दिवसमा सरकारले सार्वजनिक दिएको छ । भोलिदेखि अनिश्तिकालीन रुपमा पठनपाठन बन्द हुने महासंघले जनाएको छ । ‘काठमाडौं केन्द्रित प्रदर्शन’मा सहभागीहरुले विधेयक नमान्ने भन्दै शिक्षामन्त्रीको राजीनामा माग गरे ।
शिक्षक अर्पण पाैडेलले शिक्षकलाइ सरकारले दाेस्राे दर्जाका नागरिकसरह व्यवहार गरेकाे बताए । विधेयकमा राखिएका प्रावधान पारित भएमा शिक्षकले पढाउनेबाहेक अन्य समयमा कुनै किसिमका काम, व्यवसाय वा व्यापारिक काम गर्न राेक लाग्नेछ र याे प्रावधान शिक्षकका निम्ति टाउकाेमाथिकाे तरवार जस्तै भएकाे उनकाे भनाइ छ । राजनीतिक दलमा सामेल हुन नपाउने प्रावधानलाइ भने उनले ठीकै मानेका छन् । तर, एसएलसी उत्तीर्णले लाेक सेवातर्फ खरदार बन्न पाउने तर प्राविका शिक्षक बन्न स्नातक गर्नै पर्ने प्रावधान पनि पक्षपाती भएकाे बताए । शिक्षकले सरकार सचिव बन्न पाउने बाटाे तय विधेयकले गर्नुपर्ने उनकाे माग छ ।
देशभरका ३४ हजार विद्यालय भन्दा बढी सामूदायिक विद्यालयमा १ लाख १७ हजारभन्दा बढी शिक्षक रहेको दाबी महासंघले गरेको छ । आन्दोलनरत शिक्षकहरुले सरकारले विधेयकमा शिक्षकलाई स्थानीय तहको (प्रमुख प्रशासकीय अधिकृत)को खटनपटनमा चल्नुपर्ने गरी गरिएको व्यवस्था अस्वीकार्य हुने बताए । आफूहरुलाई निजामती कर्मचारीको हैषियतमा राख्नुपर्ने, सरुवा–बढुवा संघीय सरकारको अधिकारभित्र राख्नुपर्ने, श्रेणी कायम गरिनुपर्ने लगायत माग राखेका छन् ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत शाखा अधिकृतसरहका कर्मचारी हुन् । तर विधेकयमा विद्यालय तह (कक्षा १२ सम्म)का शिक्षकको नियुक्ति, सरुवा–बाढुवा, सेवा–सुविधा, तोक्ने अधिकार स्थानीय तहलाई दिने प्रस्ताव गरिएको छ । यसमा उनीहरुले तीव्र असन्तुष्टि जनाइरहेका छन् । स्थानीय तहको जिम्मामा छाड्दा चुनावको परिणामका आधारमा शिक्षकलाई स्वार्थपूर्तिको शिकार बनाइने खतरा नजिक रहने उनीहरुको भनाइ छ । महासंघले विधेयकप्रति १८ बुँदे असहमति राख्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने, सरकारको व्यवहार हेरेर आन्दोलनको स्वरुप परिवर्तन हुनसक्ने महासंघको भनाइ छ ।
देशभरका शिक्षकहरु आन्दोलनमा उत्निएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने देखिएको छ । जिल्लामै रहेका अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन् । माग पूरा नभएसम्म सडकब नछाड्ने उनीहरूकाे अडान छ ।
शिक्षकहरूले महासंघकाे याेजनामुतविक विराेधस्वरूप यसअघि विधेयकका प्रति जलाइसकेका छन् । तर मंगलबार मात्र शिक्षा मन्त्रीले अशाेक राईले विधेयकबारे छलफल गर्न महासंघलाई वार्तामा बाेलाएकाे थियाे, तर औचित्य नरहेकाे भन्दै वार्ता नै बहिष्कार गर्याे । त्यसपछि मन्त्री राईले शिक्षकहरूले काठमाडाैं जम्मा हुने काम किन गर्दैछन् भन्ने कुरा आफूले बुझ्न नसकेकाे बताएका थिए । त्यसपछि शिक्षकहरू झनै आक्राेशित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार