धुम्बाराहीमा शेखर र देउवाको यस्तो सवाल-जवाफ
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १३:४८:२५
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई बुधबार भेट गर्दै कार्यशैली सच्याउन आग्रह गरेका छन् । आफ्ने समूहको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।
देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए ।
भेटमा सहभागि सहमामन्त्री जीवन परियारका अनुसार ‘प्रदेशका कुनै पनि सरकार बनाउँदा छलफल नगरेको कुरा शेखरकोइरालाले राखेका थिए । उनले केन्द्रीय समितिमा एकलौटी तरिकाले मनोनित गरिएको कुरा पनि उठाएका थिए । बिहान ११ बजे देउवा निवास धुम्बाराही पुगेर शेखरले पार्टीमा भातृ संस्था गठनदेखि कुनै पनि विषय न्यायोचित ढंगबाट हुन नसकेको भन्दै आपत्ति जनाएका थिए ।
सहमहामन्त्री परियारले भने, ‘विविध विषयमा शेखर दाईले राख्नुभयो । तर, देउवाले हुन्छ गर्छु, सल्लाहमै गरिरहेको छु । थप छलफल गर्छु भनिरहनु भयो, अन्तिममा शेखर दाईले शेरबहादुरजी तपाईंसँग म कुरा गर्न आउँदिन । जति कुरा गरेपनि तपाईंले पालना गर्ने हैन । म केही पनि भन्न आउँदिन भन्नुभयो ।’
शेखरले भातृ संस्था गठन, पार्टी निर्वाचन समिति, पार्टीको विभाग गठन, प्रदेश सरकार बनाउँदा छलफल र सल्लाहमा नगरेको भन्दै आक्रोश पोखेका थिए । ‘कुनै पनि कुरा न्यायोचित भएन एकलौटी गर्न थाल्नुभयो भनेपछि देउवाले होइन मैले सल्लाहमै गरेको छु भन्नुभयो,उनले भने, ‘शेखर दाइले अब आउँदिन भनेपछि देउवाले म आफैँ सल्लाह गर्न आउँछु तपाईंकोमा भन्नुभयो ।’
बैठकमा सरकारको विषयमा धेरै कुरा नउठे पनि सुशासनको विषयमा कांग्रेसले अपनत्व लिनेगरी के काम गर्न सकेको छ भन्ने प्रश्न शेखरले देउवासमक्ष राखेका थिए । साथै उनले कोसी प्रदेश सरकार गठनमा आफूलाई नसोधिएको, विधान संवत् बन्नुपर्ने समितिहरूमा पनि एकलौटी भएको भनेका थिए ।
तल्लो तहमा चुनाव हारेकाहरूलाई पार्टीको केन्द्रीय समिति सदस्य कुन मापदण्डमा बनाइयो भन्ने प्रश्न शेखरले बैठकमा राखेको परियारले जानकारी दिए । आधा घण्टासम्म सुनेर बसेका देउवाले सल्लाहमै गरेको छु, सल्लाह गर्छु बाहेक थप केही नभनेको उनले बताए ।
भातृ तथा शुभेच्छुक संस्थाको तदर्थ समिति आएपनि पार्टीमा विवाद मिल्न सकेको छैन । विवादकै बीच संस्थापनले एकलौटी गरेको भन्दै इतर समूहले समानान्तर समिति बनाउन थालेको छ । केही जिल्लामा महिला संघ र नेविसंघको समानान्तर समिति गठन भएका छन् ।
‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरीत कार्य गर्ने कुरा रोकिएन । न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग छलफल र संवाद गर्नुहुन्छ,’ भेटमा नेता कोइरालाले देउवालाई भनेको उद्धृत गर्दै कोइरालानिकट एक नेताले भने, ‘तपाईंको निर्णयले पार्टीभित्र सबैलाई समान र न्यायोचित वितरण हुन सकेको छैन । अर्कोतिर राष्ट्रिय राजनीतिमा पनि तपाईंका निर्णयले कांग्रेसलाई नै हानी पुगिरहेको छ ।’
नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासो गरेका थिए । त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत रहेको उल्लेख गर्दै नेता कोइरालाले त्यसकारण कांग्रेसकै बदनाम गर्ने काममात्रै भएको बताएका थिए । ‘कोशी प्रदेशमा सरकार गठनको विषयले कांग्रेसको बद्नाममात्रै भयो । तपाईको गलत निर्णयका कारण एकपछि अर्को गरी कांग्रेस अपमानित हुने अवस्था बनेको छ,’ कोइरालाले भनेका थिए ।
नेता कोइरालाले सभापति देउवाले भ्रातृ संस्थाहरूको गठन र विस्तारमा समेत परामर्श नगरिएको भन्दै आक्रोस् पोखेका छन् । ‘तपाईंले गलत गर्दा मैले पहिले पनि सच्चिएर अघि बढ्न भनेको हुँ । तर तपाईं रोकिनुभएको छैन । यदि तपाईं नसच्चिने हो भने भन्नुस्, जे गर्न मन लाग्छ, त्यही गर्नुस् । मलाई तपाईंसँग सहकार्य गर्नुछैन,’ कोइरालाले भनेको उद्धृत गर्दै ती नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो : प्रचण्ड
असोज ७, २०८१ सोमबार
पत्रकार महासंघको निर्वाचन समयमा नभएपछि लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो : प्रचण्ड
असोज ७, २०८१ सोमबार
नुहाउने क्रममा जितिया ब्रतालुको पोखरीमा डुबेर मृत्यु
असोज ७, २०८१ सोमबार
पत्रकार महासंघको निर्वाचन समयमा नभएपछि लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
असोज ७, २०८१ सोमबार
साफ यू –१७ च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित
असोज ७, २०८१ सोमबार