उत्तरपुस्तिका साटिएको आक्रोशमा विद्यार्थीले जलाए त्रिविको गाडी
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १६:२८:१०
३ असोज, काठमाडौं । महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले परीक्षा गार्ड विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोप लगाउँदै त्रिविका गाडीमाथि आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका हुन् ।
मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको आरोप उनीहरुको छ । मंगलबार भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहान ५ बजे क्याम्पस परिसरमा रहेको बा १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रकको गाडीमा आगो लगाएका हुन् ।
आन्दोलनरत विद्यार्थीहरुका अनुसार २०७८ मंसिरमा सम्पन्न परीक्षामा सिम्बोल नं. ६०००३००८२ रहेकी सन्ध्या कायस्थले लेखेको मानविकी संकायको स्नातक तहको पहिलो वर्षको अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकासँग साटेको पाइएको छ । नतिजा आउँदा रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएकी थिइन् ।
उत्तरपुस्तिका साटेको विषय क्याम्पस प्रशासनलाई जानकारी गराएपनि सुनुवाइ हुन सकेको छैन । नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले दिँदै पुनःपरीक्षा लिएको थियो । दुई दिनमा रिजल्ट आउने भन्दै गत बैशाखमा लिएको परीक्षाको रिजल्ट आएको अझै आउने टुंगो छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार