चितवन राष्ट्रिय निकुञ्जले भत्कायाे चेपाङ परिवारका २ दर्जन टहरा
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार १६:३७:१२
३ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार हात्तीसहित पुगेका सेना र निकुञ्जका कर्मचारीले ती टहरा भत्काएका हुन् । पहिलेदेखि नै सोही ठाउँमा रहेका काजीमान प्रजाको एउटा घरटहरा भने निकुञ्जले भत्काएको छैन ।
मध्यवर्ती क्षेत्रको जङ््गल अतिक्रमण गरेर विभिन्न ठाउँबाट आएका व्यक्ति बसोबास गर्ने क्रम बढ्दै गएको र उनीहरुलाई घरटहरा नबनाउन पटकपटक आग्रह गर्दासमेत नरोकिएपछि बाध्य भएर भत्काउनु परेको तिवारीले बताए । टहरा निर्माण गरी वरपरको क्षेत्रमा खेतीपातीसमेत गर्न थालेको उनको भनाइ छ ।
विगतका वर्षहरुमा पनि टहरा बनाउने कार्य भएपछि निकुञ्जले पटक–पटक भत्काउँदै आएको थियो ।कुसुमखोलामा चितवन र मकवानपुरका विभिन्न स्थानबाट आएका चेपाङ परिवारहरुले टहरा बनाएको तिवारीले जानकारी दिए । अन्यत्र घर भएकाहरुले समेत टहरा बनाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रवि माथि राज्यले प्रतिशोध साँधेर दुःख दिएको आशंका छ: पूर्व प्रधानमन्त्री भट्टराई
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार