परिवारका सदस्यले साथ दिएको भए १४ औँ महाधिवेशनमै म सफल हुन्थेः डा. शेखर
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार २१:११:१०
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीबपीनगरमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दुःख पाइरहने दाबी गरे ।
उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औं महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए
।
उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाइँहरुले साथ दिएको भए, यस्तो हालत हुँदैनन्थ्यो। पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ ।’
नेता कोइरालाले आफूहरु कोइराला परिवारका सदस्यहरुलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरुको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औं महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको जनाए । आफू १५औं महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको बताए ।
‘बीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ । बिपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो । बिपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो । सात हजार किमी बाटो थियो, अहिले १ लाख किलो मिटर भयो । हात हातमा मोबाईल आयो, यो सब गिरिजाप्रसाद कोइरालाको देन हो ।’
उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्नुहुन्थ्यो । आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने गरेको बताए ।
आफू राजनीतिमा लागेसँगै २०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसंगमा डा. शशांकले भने ‘मैले ४ पटक जितेँ, मन्त्री भएको छैन। केही गरेको छैन । तर जितेँ । महिलाहरुलाई मैले प्राथमिकता दिन्छु । महिलाकै कारण जितेँ । म कसैलाई चिन्दिन थिएँ, पाँच वटा गाविसको नाम कण्ठ गरेर गएँ ।’ उनले कांग्रेसका लागि आफूहरु एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए ।
डा. शशांक कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ ? भनेर बिपीले आफूहरुलाई भन्ने गरेको घटना स्मरण गरे । पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका केही जिल्लाका कार्यकर्ताहरु दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाटद आफू दुखित भएको बताइन । उनले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीहरुसँग आह्वान गरिन ्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार